ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रामारोशन हिँडेका विदेशी पर्यटकलाई प्रशासनले जान दिएन, २ सय बढी बाटोमै अलपत्र


abc

काठमाडौ, २  असोज । सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल रामारोशन घुम्न आएका विदेशी पर्यटक बाटोमै रोकिएका छन्। जिल्ला प्रशासन कार्यालय अछामले रामारोशन घुम्न गइरहेका पर्यटकलाई बाटोमै रोकेको हो।

रामारोशन जानका लागि अनुमति नलिएकाले विभिन्न देशका दुई सय भन्दा बढी पर्यटकलाई रोकेको अछामका प्रमुख जिल्ला अधिकारी सीडीओ शरद कुमार पोखरेलले जानकारी दिए।

‘रामारोशन जानका लागि अनुमति छैन, उनीहरुसँग भिजा मात्रै छ, जमघट कार्यक्रमको बारेमा पर्यटन मन्त्रालय र पर्यटन बोर्ड कसैलाई जानकारी छैन,’ सीडीओ पोखरेलले भने, ‘ठूलो संख्यामा महिना दिनभन्दा बढी बस्ने भएपछि हामीले सुरक्षाको दृष्टिले रोकेका हौँ।’

अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड, जापान, भारतसहित ३५ भन्दा बढी देशका पर्यटक रामारोशन आउँदैछन्।

सोमबारसम्म २०२ जना पर्यटक अछाम पुगेका छन्। कोही अछाम प्रवेशद्वार चौखुट्टे र कोही रामारोशन नजिकै रोकिएका छन्। पर्यटकहरु बाटोमै त्रिपाल टाँगेर बसेका छन्।
रामारोशन हिँडेका उनीहरुलाई प्रशासनले रोकेपनि पर्यटक आउने क्रम अझै रोकिएको छैन।

वर्ल्ड रेन्वो फेमिली नामक समूहको जमघट कार्यक्रममा रामारोशन घुम्न पर्यटकहरु आइरहेका हुन्। अहिलेसम्म अछाम पुगेकाहरुमध्ये अधिकांश भारतीय नाका हुँदै नेपाल प्रवेश गरेकाहरु छन्।

हजारौंको संख्यामा एकैपटक विदेशीले त्यता बस्न चाहँदा सुरक्षा, शौचालयको समस्या, वन्यजन्तुलाई हुने नोक्सानी र फोहोरमैला जस्ता विषय चुनौती छन्।

जिल्ला प्रशासन कार्यालय अछाम पर्यटकलाई रामारोशन जान दिनेरनदिनेमा केन्द्रको निर्णयको पर्खाइमा छ। गृहमन्त्रालयलाई पत्राचार गरेको बताउँदै केन्द्रको कुनै निर्देशन नआई उनीहरूलाई रामारोशन जान दिन सकिने अवस्था नरहेको सीडीओ पोखरेलले बताए।

विदेशी पर्यटकलाई स्थानीय प्रशासनले रोकेपछि रामारोशन गाउँपालिकाले विदेशी पर्यटनलाई रामारोशन भित्र्याउन अपनत्व लिएको छ। रामारोशन गाउँपालिकाले विदेशी पर्यटकलाई रामारोशन क्षेत्र अवलोकनका लागि प्रवेश अनुमति दिन आग्रह गरेको छ।

प्रदेश र संघ सरकारलाई पत्र लेख्दै रामारोशन गाउँपालिकाले पर्यटकीय क्षेत्र रामारोशन प्रवेश अनुमति दिनुपर्ने बताएको हो।

विदेशी पर्यटकको आगमनले पर्यटकीय क्षेत्र रामारोशनको विकास र प्रवर्द्धनमा टेवा पुग्ने भएकाले वल्र्ड रेन्वो फेमिली नामक समूहको सेप्टेम्बर १५ देखि अक्टोवर १५ सम्मको जमघट कार्यक्रमका लागि अनुमति माग गरिएको छ।

विदेशी पर्यटक रोकिएपछि रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउदको अध्यक्षतामा कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, रामारोशन क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका सदस्यहरु र स्थानीय सरोकारवालाहरुको बैठक बसेको थियो।

बैठकपछि जमघट कार्यक्रममा आउन लागेका पर्यटक वातावरणमा समेत प्रतिकुल असर नपर्ने गरी बसेको, स्थानीयस्तरबाट विभिन्न खाद्य सामाग्रीहरु लगायत विविध वस्तुहरु खरिद गर्ने गरेको र सामाजिक रुपमा समेत बस्दै आएका र पर्यटक भिजा समेत भएकाले अनुमति दिनु पर्ने भन्दै रामारोशन गाउँपालिकाले प्रदेश र संघ सरकारलाई पत्राचार गरेको छ।

विदेशी पर्यटकलाई तत्काल अनुमति दिएर गन्तव्यतर्फ जान दिनुपर्ने पूर्वसचिव भीम उपाध्याय बताउँछन्।

‘फास्ट ट्र्याकबाट अनुमति दिएर उनीहरूलाई यथाशिघ्र गन्तव्यमा पुर्याउनु पर्यो, हैरानी दिएमा नेपालको व्यवस्थापनप्रति विदेशमा नकारात्मक प्रचार हुन सक्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘टूर व्यवस्थापकहरूले पनि यस्ता काममा पूर्वसहमति लिने व्यवस्था गर्न सक्नुपर्छ।’

पर्यटकीय मुलुकमा पर्यटकलाई अवलोकनमा अवरोध गरेकोमा उनले आपत्ति जनाएका छन्। पर्यटकको सहजताका लागि स्थानीय प्रशासनले अनुमति दिने व्यवस्था गर्ने गरी अधिकार प्रत्यायोजन गर्न सकिने उनले बताए।

यस विषयमा सामाजिक सञ्जालमार्फत पूर्वसचिव उपाध्ययले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको ध्यानाकर्षण गराएका छन्।

‘नेपालको कानुन भगवानले जानुन् भनेको त्यसै हैन, कहॉ कसले कुन कानुन समातेर कसलाई रोक्छ ठेगान हुँदैन,’ अगाडि लेख्छन्, ‘पर्यटकीय मुलुकमा पर्यटककै लागि यति गंजागोल व्यवस्था छ।’

रामारोशन क्षेत्रलाई ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ। यो क्षेत्रमा १२ ताल र १८ वटा ठूलाठूला चौर छन्।

१२ वटा तालहरूमा सबैभन्दा ठूलो ताल जिगाले ताल अंग्रेजी अक्षर ‘सी’ जस्तो छ।

प्राकृतिक दृष्टिकोणले अत्यन्तै रमणीय यो ठाउँमा १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस पाइन्छ। रामारोशनको मनोरम दृश्य अवलोकनका लागि पर्यटकहरु यहाँ पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

सम्बन्धित

हुम्लाबाट मानसरोवरसम्म पर्यटक लग्न चीनसँग सैद्धान्तिक सहमति– प्रधानमन्त्री प्रचण्ड

एमाले बागमती अधिवेशन– सहमतिका लागि फेरि संशोधन गरियो निर्वाचन कार्यतालिका

प्रधानमन्त्री प्रचण्डको कैलाश-मानसरोवर यात्रा (फोटो फिचर)

इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपति र उपराष्ट्रपति

टिभीको रिचार्ज किन्न जाँदा दीपेन्द्रका बुवालाई पसलेले भने– तपाईंका छोराले त विश्व कीर्तिमान बनाए

क्रिकेटर भीम सार्कीलाई स्नातक अध्ययन गर्न फिनिक्स कलेजले दियो पूर्ण छात्रवृत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com