ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर धितो कर्जा सम्बन्धी व्यवस्था संशोधन गर्न लगानीकर्ताको दबाब, गभर्नर सकारात्मक !


abc

काठमाडौ, २  असोज । पछिल्लो समय सेयर बजारमा दैनिक कारोबार सुस्ताएको छ । दुई वर्षअघि दैनिक २१ अर्बसम्मको सेयर कारोबार भएको बजारमा अहिले एक अर्बको हाराहारीमा सेयर कारोबार हुने गरेको छ ।

यसरी बजार सुस्ताउनुको कारण नेपाल राष्ट्र बैंकले लगाएको सेयर धितो कर्जामा लगाएको १२ करोड रुपैयाँको क्यापलाई देखाइएको छ ।

कोभिडको समयमा बजार बढ्दा एउटै व्यक्तिले बढी ऋण लिएको भन्दै राष्ट्र बैंकले सेयर धितो राखेर एउटा बैंकबाट चार करोड र कुल १२ करोडसम्म ऋण लिन पाउने व्यवस्था गरेको थियो ।

अहिले एक वा एकभन्दा बढी बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिन पाउने व्यवस्था छ । यो १२ करोड रुपैयाँको क्याप हटाउन लगानीकर्ताले माग गर्दै आएका छन् । सोमबार पनि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सांसद हरि ढकालसहितको सेयर लगानीकर्ता टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई भेट गरी सेयर धितो कर्जा र जोखिम भारको विषयमा कुरा गरेका थिए ।

गभर्नरसँगको छलफलमा राष्ट्र बैंकको कडाइले बजारमा आम लगानीकर्ताको मनोबल कमजोर भएको र अहिलेको व्यवस्थालाई हेरफेर गर्न आग्रह गरिएको सहभागी एक लगानीकर्ताले बताए । उनका अनुसार लगानीकर्ताको कुरामा गभर्नर अधिकारी सकारात्मक रहेका छन् । “छलफलमा गभर्नर सकारात्मक नै देखिनु भएको छ । अब केही हेरफेर होला,” उनले भने ।

बजार बढ्दा ल्याइएको नीति सधैं लागु गरिरहन नहुने उनले बताए । ५० लाखसम्मको सेयर धितो कर्जालाई १०० प्रतिशत र त्योभन्दा माथिको कर्जालाई १५० प्रतिशतसम्म जोखिम भारमा गणना गर्नुपर्ने व्यवस्था छ ।

“बजार बढेर ३२ सय पुग्दा बनाइएको नीति अहिले पनि रहिरहनु राम्रो हैन । अब यसलाई करेक्सन गर्ने समय आएको छ,” ती लगानीकर्ताले भने, “बजार बढेको समयमा एक दुईजना लगानीकर्ताले बढी ऋण लिए भन्दैमा सबैलाई एउटै डोकोमा हाल्न त भएन नि १ कसले बजारमा गलत कार्य गर्‍यो, उसलाई कारबाही गर्ने जिम्मा नियामकको हो ।”

पुँजीबजार चलायमान नहुँदा पनि अहिले अर्थतन्त्रमा समस्या आएको लगानीकर्ताहरूको बुझाइ छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले पनि सेयर बजारमा १२ करोडको सीमा हुन नहुने भन्दै आएका छन् । यसमा राष्ट्र बैंकले उचित निर्णय लिनुपर्ने अर्थमन्त्री महतको भनाइ छ ।

सांसद ढकालले पनि राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन उचित निर्णय लिनुपर्नेमा जोड दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विद्यार्थीहरू विदेश पलायन भइरहेकोबारे अध्ययन आवश्यक रहेको शिक्षामन्त्री राईको भनाइ

बझाङ भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउन रास्वपाको माग

सम्बन्धित

मुस्ताङको मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाद्धारा स्वास्थ्य सेवासहितको दर्शनार्थी विश्रामस्थल निर्माण

यस वर्ष दशैँकाे टीकाकाे उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा

बझाङ भूकम्प : विद्यालय र केही घर भत्किए, त्रासमा स्थानीय

नेपालगन्जको अवस्था तनावपूर्ण, अनिश्चितकालीन कर्फ्यू :

भूकम्प पछि बझाङमा एक महिलाले अस्पतालको चौरमा बच्चा जन्माइन

बझाङमा फेरि ४.१ म्याग्निच्युडको धक्का

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com