ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान दिवस ः राज्यव्यवस्था प्रणालीमा संकट देखा पर्दैछ: पूर्वमन्त्री डा. खड्का


ABC NEWS

काठमाडौं, ३ असोज ।

‘प्रचण्ड सरकारमा आत्मबलको कमी’

पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले वर्तमान राज्यव्यवस्था प्रणालीमा संकट देखा परेको बताएका छन् ।

एबीसी टेलिभिजनको एक कार्यक्रममा बोल्दै उहाँले २००७ सालदेखिको प्रजातान्त्रिक आन्दोलनदेखि, २०६२÷६३ को जनआन्दोलन र २०७२ मा जारी भएको नेपालको संविधान कार्यान्वयनको चरणमा सा प्रणाली दुर्घटनातर्फ जाने संकेत देखिनु दुखदायी भएको बताए ।
डा. खड्काले भने, ‘सिस्टममा क्र्यास आइसक्यो । सिस्टमम हल्ल्नि थाल्यो । भ्रष्टाचार, कोही सिंहदरबार जलाउछु भन्ने, जातिय भड्काउ, दरखारले यति खाए । दिनमा दुई, तीन वटा समाचार आएकै छन् भ्रष्टाचारका ।’

ढुलमुल गठबन्धन ः
पछिल्लो समय सत्ता गठबन्धन घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई गठबन्धनबाट निकाल्ने प्रयास भइरहेको भन्ने अभिव्यक्ति जोड्दै उहाँले देशको राष्ट्रिय राजनीतिमा निकै अप्ठ्यारो स्थिती रहेको औंल्याए । ‘गठबन्धनका एक घटकले हामीलाई निकाल्न खोज्यो भन्ने छ । यस्तो खालको अप्ठ्यारो बोकेर बसिरहेका छन् । त्याग पनि गर्नपर्छ । मिलेर गरौं नभए, तपाइहरु चलाउनुस् भन्नपर्छ ।’

तत्कालीन समयमा २०६२÷६३ को आन्दोलन ताका १२ बुँदे समझदारीका साथ शान्तिप्रक्रिया, निरंकुश राजतन्त्रको अन्त्य, राजाले हरण गरेको लोकतन्त्र ल्याउनु ठूलो उपलब्धि भएको उनले बताए । ‘सबै धर्मालम्बीहरुको साझा, राज्यको धर्म हुँदैन भन्ने हिसाबमा संविधान जारी भयो । संविधान कार्यान्वयनको प्रयोगमा सरकार सधैं अस्थीर भयो । दुई वटा निर्वाचन सम्पन्न ग¥यौं । यसअघिको संसद दुई – दुई पटक विघटन भयो । अहिले पनि सरकारमा कसैले छोड्ने, आउने र जोडिने चलिरहेको छ । कोही प्रधानमन्त्री, कोही मन्त्री भए होलान्, जनताको अवस्था यथावत छ ।’

अब विगतमा जस्तो जनतामा पनि पर्खने धैर्यता नरहेको उनको भनाइ छ । उनले सामासजक सञ्जालमा तीव्र सञ्चारप्रवाहका साथै नैराश्यता बढ्दो, राजनीतिप्रतिको आस्था खस्कदो रहेको भनाइ राखे ।

उनले नेपाली कांग्रेसभित्रैका केही नेताले ओलीसँग मिल्नुपर्छ भनेर खुलेआम बोलेको समेत बताए । ‘सत्ता बदल्ने अस्ति एउटा दल एउटा मन्त्री पाएर आयो । हाम्रो पार्टीमा केही साथीले ओलीसँग मिल्नप¥यो भन्ने आवाज उठाउँदैछन् । दुई वर्षको लागि समझदारी गरेका छौं, यो दुई वर्ष पनि पुग्छ कि पुग्दैन भन्ने चिन्ता दाहालजीलाई छ । दुई वर्ष, या पाँच वर्ष पुग्छ या भोलि नै जान्छ भन्ने आत्मविश्वास छैन । आत्मविश्वास नै छैन भने कहाँबाट डेलिभरी गर्नुहुन्छ ? जता छोयो एक ठाउँमा छोयो अर्कोतिर भ्वाङ पर्छ । राज्यव्यवस्था कन्ट्रोल हुन्न ।’

तत्कालीन परराष्ट्र समेत रहेका खड्कालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्युयोर्क र चीन भ्रमणको आवश्यकता तथा उपलब्धि के होला भन्ने जिज्ञासामा एग्रिमेन्टहरु थोपर्नुभन्दा तत्काल गर्न सकिने विषयमा प्राथमिकता दिनुपर्ने उनले बताए । न्युयोर्कमा भएको एसडीजी समिटलाई भन्दा चीन भ्रमण महत्वपूर्ण हुने उनको भनाइ छ । एसडीजी समिटमा भारत, चीन, बेलायत, फ्रान्सका प्रधानमन्त्री वा राष्ट्रपति अहिले सहभागी नभएको जानकारी उनले बताए ।

प्रचण्ड सरकारको चीन भ्रमण ः
उनले भने, ‘चीनको आफ्नो कन्सर्न, चासो र चिन्ताहोला । लगातार उच्च तहको डेलिगेसन भइराख्नुपर्छ । ग्लोबल सेक्युरिटी, ग्लोबल गोभर्ननेन्स छ, अहिले यहाँको सन्दर्भमा नेपालले के गर्दिए हुन्थ्यो, के नगर्दिए हुन्थ्यो भन्ने । भारत, चीनसँग घनिष्ट मित्रता छ, दुई देश विश्व् शक्ति राष्ट्र भइसक्यो ।’

यसअघि चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमणको समयमा ५६ अर्ब रुपियाँको अनुदान घोषणा भएको भन्दै उनले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पालामा र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा दर्जनौ सहमति भएको स्मरण गरे ।

उनले भने, ‘म जाँदा नै नौ वटा एग्रिमेन्छ भए । अहिले दाहाल जी ८, ९ वटा एजेण्डा बोकेर जाँदै हुनुहुन्छ । म जाँदाको १५ अर्ब अनुदान छ ।’ केरुङ–काठमाडौं, तातोपानी–रसुवागढी नाका, ट्रान्समिसन लाइन, शिक्षा, स्वास्थ्य, एग्रो इण्डस्ट्री, बिआरआई लगायत उच्च व्यापार घाटा कम गर्न पहल हुुनुपर्ने उनले बताए ।

यससँगै प्रधानमन्त्रीको प्रमुख चुनौतीको रुपमा चीनले पछिल्लो समय सार्वजनिक गरेको स्ट्याण्टर्ड नक्सा रहेको उनले बताए । उनले भने, ‘अगस्ट २८ मा चीनले स्ट्याण्डर्ड म्यापमा नेपालको पुरानो नक्सा हालिदियो । दाहालजीको व्यक्तिगत ठुलो विजय हासिल गर्ने हो भने, हाम्रो नक्सालाई पहिलो चोटी कुनै अन्तराष्ट्रिय स्तरमा छिमेकी राष्ट्रले मान्यो भन्ने कुरा हुनेछ । चीनले यति गर्दियो भने नेपाललाई ठुलो गुण लाएको हुन्छ, सौहार्दपुर्ण तरिकाले वार्ता गर्नुपर्छ, राष्ट्रिय हितलाई सर्वोपरी गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड आज हाङझाउबाट बेइजिङ जाँदै

सम्बन्धित

चीनको सार्वभौमसत्ता र सुरक्षामा खलल पार्न आफ्नो भूमि कुनै पनि शक्तिलाई प्रयोग गर्न नदिन नेपाल दृढ र अटल छ : प्रधानमन्त्री प्रचण्ड

बाटोमा जसलाई भेट्यो उसैमाथि अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १ को मृत्यू २ गम्भीर घाइते

काठमाडौंका सतुंगल र चाबहिलमा आगलागी, एक करोड रुपैयाँ बराबरको धनमाल नष्ट

माटाेकाे ढिस्काेले पुरिदा एक जनाकाे ज्यान गयाे

यस्तो छ आजको मौसम

काठमाण्डाैकाे सतुङ्गलमा चप्पल कारखानामा आगलागी, झन्डै एक करोड रुपैयाँ बराबरको क्षति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...