काठमाडौं, १७ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले कसैको आदेशका भरमा राष्ट्रिय अभिलेखालय स्थानान्तरण नहुने बताउनुभएको छ । अभिलेखालयको ५२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपयुक्त विकल्प तयार नभएसम्म ऐतिहासिक, पुरातात्विक सामग्री रहेको भवन नसर्ने स्पष्ट पार्नुभयो । ...