ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘कसैको आदेशका भरमा अभिलेखालय स्थानान्तरण हुँदैन’– उड्ययनमन्त्री भट्टराई


एबीसी न्यूज

काठमाडौं, १७ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले कसैको आदेशका भरमा राष्ट्रिय अभिलेखालय स्थानान्तरण नहुने बताउनुभएको छ । अभिलेखालयको ५२औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उपयुक्त विकल्प तयार नभएसम्म ऐतिहासिक, पुरातात्विक सामग्री रहेको भवन नसर्ने स्पष्ट पार्नुभयो ।

“ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले महत्वपूर्ण अभिलेख नेपाल भ्रमण वर्ष–२०२० मा देखाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ, पाँचौँ शताब्दीदेखिका अभिलेख पढ्न नेपाल आऊ भनी पर्यटकलाई निमन्त्रणा गरिनुपर्छ, अभिलेखालयलाई खुला विश्वविद्यालयका रुपमा विकास गरिनुपर्छ, अभिलेखालयमा ज्ञान लिन विश्वसमुदायलाई आह्वान गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

अभिलेखालयमा जनशक्ति, साधन एवं स्रोत पूर्ति गर्न लागिपर्ने मन्त्री भट्टराईको प्रतिबद्धता थियो । अभिलेख व्यवस्थित रुपमा राख्न सक्ने कर्मचारी व्यवस्थापन गरिने उहाँले बताउनुभयो । पूर्वमन्त्री ऋद्धिबाबा प्रधानले ३५ हजारभन्दा धेरै हस्तलिखित ग्रन्थ रहेको दक्षिण एशियाकै उत्कृष्ट अभिलेखालयको भवन वैज्ञानिक रुपमा निर्माण गरिएकाले सार्न नहुने बताउनुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सिल्भाँ लेभीले राष्ट्रिय अभिलेखालयमै अध्ययन गरेर नेपालको इतिहाससम्बन्धी दुई पुस्तक लेखेको स्मरण गर्नुहुँदै हजारौँ सन्दर्भ सामग्रीको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । “भौतिक समृद्धि मात्र नभई सांस्कृतिक सम्पत्तिमा पनि हाम्रो ध्यान जानुपर्छ, महर्षि याज्ञवल्क्य, गौतम बुद्ध जस्ता ऋषि महर्षिको योगदान जीवित राख्न पनि सांस्कृतिक सम्पत्ति जोगाउन ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले चालू आर्थिक वर्षमा ५५ हजार ग्रन्थलाई ‘डिजिटलाइज्ड’ गर्न बजेट व्यवस्था गरिएको बताउनुभयो । प्राचीन सामग्री अभिलेखालयलाई हस्तान्तरण गरी सहयोग गर्न पनि उहाँले आह्वान गर्नुभयो । मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालले अभिलेखालयमा आदिकालदेखि हालसम्मका अभिलेख सुरक्षित रहेकाले सभ्यता र संस्कृतिको बिम्बका रुपमा स्थापित गरिनुपर्ने बताउनुभयो ।

अभिलेखालयको भवन रहेको जग्गा सर्वोच्च अदालतलाई दिन मन्त्रिपरिषद्ले विसं २०७१ मा गरेको निर्णय फिर्ता लिनुपर्ने उहाँको माग थियो । पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले अभिलेखालयलाई विभागस्तरमा स्तरोन्नति गरिएसँगै यसको सङ्गठन संरचना निर्माण गरिनुपर्ने बताउनुभयो । अभिलेखालयलाई अध्ययन अनुसन्धानको थलोका रुपमा स्थापित गर्न उपकरण एवं साधन स्रोतको व्यवस्था गरिनुपर्ने उहाँको भनाइ थियो ।

अभिलेखालयकी प्रमुख सौभाग्य प्रधानाङ्गले ऐतिहासिक सामग्री सङ्ग्रह गर्न वातानुकूलित रुपमा निर्माण गरिएको भवन बिना तयारी सार्न पत्राचार भइरहँदा कार्यालय सञ्चालनमै प्रभाव परेको गुनासो गर्नुभयो । सो अवसरमा राष्ट्रकवि माधवप्रसाद घिमिरे र वाङ्मय शताब्दी पुरुष जोशीलाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा अभिलेखालयले प्रकाशन गरेको ‘परागतन्त्र’ र ‘प्रथम लगत’ पुस्तकको विमोचन गरिएको थियो । पुस्तकमाथि क्रमशः माधवप्रसाद लामिछाने र भीमप्रसाद नेपालले समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । अभिलेखालयलाई ऐतिहासिक सामग्री दिनुहुने त्रिलोकमान आङ्बो, सुशीलविक्रम थापा, साफल्य अमात्य र भगीरथ इङनामलाई सो अवसरमा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com