ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा हिमाल पारीका च्याङ्गाको विक्रि बढ्यो, दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलन(भिडियोसहित)


एबीसी न्यूज
आश्विन १७, २०७६ शुक्रबार   १२ : १५   बजे

पोखरा, १७ असोज । पोखरा महानगरपालिका हर्न निषेधित क्षेत्र । तर पोखराको उत्तरी नाकातिर यतिबेला सवारी साधनको चर्काे हर्न सुनिन्छ । सवारी चाकललाई प्रेसर हर्न नबजाई सुखै छैन । सडक किनारमा मात्र नभई बिच भागमा समेत भेडा र च्याङ्ग्राको बथान छन । दशै मान्न गाउँ फर्कनेको लर्काे पनि उत्तिकै छ । अनि उनीहरुलाई हतार पनि उत्तिकै । गाउँ फर्कने लर्काे र दशैंका लागि पोखरा ल्याईएका च्याङ्ग्राको बथानका कारण पोखरा–बाग्लुङ सडकखण्डमा जाम नै लाग्नेगरेको छ ।

पोखराबाट च्याङ्ग्रा खोज्न जानेको उस्तै ताँती, उताबाट च्याङ्ग्रा धप्पाउदै पोखरा आउनेको ताँती उस्तै । पोखराको याम्दी पुल आसपासमा देखिने दृश्य हो यो । अलिकति थप्नुस र अलिकति घटाउनुस भन्दै सडक छेउकुनामा बार्गेनिङ चल्दै छ । यसरी कारोबार हुन थालेको केही दिन मात्र भएको छ र केही दिन सम्म चल्नेछ बार्गेनिङ र सडक जाम ।

सडक च्याङ्ग्राका बथानले ढाकिएका छन । हेर्ने र किन्नेको भिड पनि उस्तै छ । यी च्याङ्ग्राहरु मुस्ताङ, बझाङ, डोल्पा देखी ल्याईएको ब्यापारीहरु बताउंछन् ।
एक जनाले करिब ३ सय बढि च्याङ्ग्रा बिक्रिका लागि पोखरा ल्याएका छन् । हरेक बर्ष यसको मूल्यमा केही न केही वृद्धि भएको खरिदकर्ता बताउंछन् । बिशेष गरी दशैंमा च्याङ्ग्राको मासु खाने प्रचलन रहेको छ । लेकको जडिबुटी खाएर हुर्केको हुनाले स्वास्थ्यका लागि फाईदाजनक भएकाले वर्षमा एकपटक च्याङ्ग्राको मासु खाने गरेको पोखरा ३ नदीपुरका फणिन्द्रप्रसाद पौडेल बताउंछन् ।

पोखरामा आईपुग्ने मुस्ताङ, हुम्ला, मुगु, डोल्पा तथा बझाङका च्याङ्ग्राहरु स्याङ्जा, तनहुँ तथा बुटवलसम्म पनि पुग्छन् । यस वर्षको मुल्य ३० हजार देखी सुरु भएको च्याङ्ग्रा ब्यापारीहरु बताउंछन् ।

विभिन्न कठिनाई पार गर्दै हप्तौं दिन लगाएर पोखरा भित्राईने उनीहरुको तर्क छ । भेडालाई २० हजार माथि पर्छन भने च्याङ्ग्रालाई ३० हजार बढि पर्ने गरेको छ । तुलनात्मक रुपमा खशी भन्दा खानामा मिठो मात्र नभई स्थास्थ्यबर्दक भएकाले अधिकांशको रोजाईमा बर्षमा एकपटक भएपनि च्याङ्ग्रा पर्ने भएकाले पोखरामा दशैंको समयमा यसको बजार बढ्दै गएको च्याङ्ग्रा ब्यापारीहरुको भनाई छ । डोल्पादेखि ४ सय बढी च्याङ्ग्रा ल्याएको बताउदै पोखरा भित्राउन मात्र पनि गाह्रो रहेको तुल बहादुर बुढा बताउछन् ।

कृषि प्रधान देश नेपालको लागि च्याङ्ग्रा व्यवसाय एक राम्रो र भरपर्दाे ब्यबसाय बन्न सक्छ । त्यसैले यसको क्षेत्रमा सहजै लागानी गर्ने वातावरण सिर्जना गर्न सरकारी पक्षबाट नीति तथा योजना नै तर्जुमा गर्न सकेको खण्डमा कृषिमार्फत अर्थ तन्त्रमा थप टेवा पुग्ने प्रष्ट देखिन्छ त्यसैले सम्बन्धित निकायले समयमै त्यसतर्फ ध्यान दिन जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group