ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैंको बेलामा भारतीय बजारमा भीड नेपाली बजार सुनसान हुंदा व्यवासायी चिन्तित (भिडियोसहित)


एबीसी न्यूज

 

बुटवल, १६ असोज । दशैले जताततै धपक्क छोपी सक्दा पनि रुपन्देहीको बजारहरुमा यस वर्ष खासै चहलपहल देखिएन । सिमावर्ती भारतीय बजारमा ग्राहकको घुंईचो लाग्दा स्वदेशी बजार भने सुनसान देखिएको छ ।

दशैंले आम नागरिकलाई छोएपनि रुपन्देहीका नेपालभारत सीमावर्ती क्षेत्रका ब्यवसायीहरुका लागि यो वर्षको दशैं निरासाजनक नै देखिएको छ । बजारमा चहलपहल नभएपछि दशैंले उत्साह नथपेको ब्यवसायीहरुले बताएका छन् । बजारमा अघिल्लो वर्षको तुलनामा ग्राहक नआएका कारण ऋण लिएर पसलमा लगानी गरेकाहरुलाई समस्या परेको ब्यवसायीको गुनासो छ ।

बिशेष गरि रेडिमेड कपडा, जुत्ताचप्पल तथा ईलेक्ट्रोनिक्स र ईलेक्ट्रिकल्स सामानहरुमा अत्याधिक मुल्य बृद्दि भएका कारण ग्राहकहरु बजारमा नदेखिएको बताईएको छ । सरकारले भन्सार दर बढाएको र अण्डर बिल नियन्त्रण नगरि भन्सारमा कडाई गरेका कारण मुल्य बढेको उनीहरुको ठहर छ ।

सिमावारीका भैरहवा वेलहियाको बजार सुनसान देखिएपनि सिमावर्ती भारतीय बजार सुनौलीमा भने नेपाली ग्राहकको कुनै कमी छैन । हरेक दिन मेला लागे झैं सिमा पारी सामान खरिद गर्न जानेहरु भेटिने गरेकाछन् । मुल्य एउटै एउटै भएपनि ग्राहकहरुलाई सुनौली जाने फेसन जस्तै बनेको सुनौलीबाट सामान किनेर फर्किरहेकाहरुको भनाईबाट बुझ्न सकिन्छ ।

त्यसो त, उपभोक्ताको चेतनालाई दोष दिएर राज्य र ब्यवसायीक संगठनहरु मुक्त हुने अवस्था पनि छैन । नेपालका उत्पादकहरु तथा ब्यवसायीहरुले उपभोक्तालाई स्वदेशी उत्पादनका बारेमा बुझाउन नसक्नु कमजारी भएको बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष अनिल श्रेष्ठ बताउंछन् ।

सिमापारी करोडौं रकम हरेक दिन जांदा नियन्त्रण गर्नेतर्फ राज्यको ध्यान गएको देखिंदैन भने ब्यवसायीहरुले पनि एउटै मुल्य पर्दा समेत सिमापारी खरिद गर्न जाने नेपालीलाई नेपालमा रोक्ने गरि आकर्षण दिन सकेका छैनन् । बषौंदेखि लागेको बानी छुटाउन राज्य र ब्यवसायी दुबै पक्षबाट स्वदेशमा सामान खरिद गर्न गराउन बिशेष योजना बनाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com