काठमाडौं, २७ माघ । संसदीय समितिहरुले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर सरकारका काम कारबाहीमा टिकाटिप्पणी र निर्देशन दिने गरेको गुनासो मन्त्री र शीर्ष नेतृत्वबाट आउनेगरेको छ । तर समितिका पदाधिकारीहरु चाहिं आफूहरुको निर्देशन सरकारले पालना नगरेको भन्दै सरकार संसदप्रति उत्तरदायी नहुने गरेको र मिनी संसदको निर्देशन ...