ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सगरमाथा संवाद कार्यक्रममा बिश्वभरीका जलवायुसम्वधी विज्ञहरुको सहभागिता (भिडियोसहित)


एबीसी न्यूज
माघ २७, २०७६ सोमबार  १२ : ३४ बजे

काठमाडौं, २७  माघ ।   आगामी चैतमा आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमको तयारीमा नेपाल जुटेको छ । जलवायु परिवर्तनका कारण बिश्वभरी नै प्रकृतिक प्रकोपका घटना बढ्दै जान थालेपछि नेपालको अग्रसरतामा नेपालमा पहिलो पटक जलवायु परिर्वतसम्बन्धी बिश्वस्तरीय बृहत् सम्वाद आयोजना हुन लागेको हो ।

आगामी चैत २० देखि २२ गतेसम्म काठमाडौमा सरकारले पहिलो पटक आयोजना गर्न लागेको सगरमाथा राष्ट्रिय संवादको उद्घाटन भएको छ । जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य’ बिषयलाई मध्यनजर गर्दै जलवायु परिवर्तन र त्यसका असर लगायत बिषयमा छलफल हुने बताएको छ । संवाद कार्यक्रममा बिश्वभरीका जलवायुसम्वधी विज्ञहरुको सहभागिता रहने बताइएको छ । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमशृखलामध्ये आठवटा नेपालमा रहेकाले पनि जलवायु असर नेपालले भोग्दै आएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनको असर नेपालमा अधिक परिरहेको बताउदै न्यूनीकरणका लागि सगरमाथा संवादबाट आवाज उठाइने बताए ।

जलवायु परिर्वतका बिषयमा राष्ट्रिय, क्षेत्रीय, अन्तरराष्ट्रिय तथा विश्वस्तरका समसामयिक तथा साझा चासोका विषय लिइएको छ । नेपालमा पहिलो पटक हुन लागेको बहस र छलफलले बिग्रदो जलबायु परिवर्तनको असर न्यूनीकरणलाई सहयोग पुग्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

जलवायु परिवर्तनले नेपाल लगायत अतिकम विकसित राष्ट्रहरु उच्च जोखिममा छन । जलवायुकोे असर र प्रभावले बिश्वभरी नै अतिबृष्टी र अनाबृष्ट्री जस्ता समस्या उत्पन्न भइरहेका छन । जलवायु परिवर्तनबाट अतिकम विकसित राष्ट्र बढी मारमा पर्ने हुनाले बहस र संवादले विकसित राष्ट्रलाई ध्यानाकर्षण गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

जलवायु परिवर्तनले हरितगृह ग्यास उत्सर्जन र तापक्रममा आएको वृद्धिले हाम्रा हिमशृखला पग्लिएर नाङ्गा हुन थालेका छन । जसले गर्दा सामाजिक र प्राकृतिक पद्धतिमा समेत नकारात्मक असर पुग्न थालेको छ । नेपालले समेत जलबायु परिवर्तन वातावरणीय, सामाजिक, आर्थिक, सांस्कृतिक, प्राविधिक, जनजीवनलगायत विश्वव्यापी चासोका मामलाहरू एवं समस्याबारे सगरमाथा संवादमा सघन छलफल गरिने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

पृथ्वीको तापक्रममा निरन्तर बृद्धिले आएको पानीको संकट र जमिनहरु बिस्तारै मरुभूमिकरण हुनुका साथै बाढी र पहिरोको प्रकोपले ठुलो जनधनको क्षति हुन खतरा बढ्दै गएको छ । जलवायु परिवर्तन हुनुमा विकसित राष्ट्रहरू जिम्मेवार भएता पनि नेपालजस्ता अति कम विकसित राष्ट्रहरूको भूमिका निकै कम छ । प्रत्येक दुई वर्षमा आयोजना गरिने पहिलो संस्करणको संवादले जलवायु परिवर्तनका समस्या र तिनको समाधानका उपायबारे अन्तराष्र्टि«य क्षेत्रको ध्यान जाने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मनोहरामा बस्ती हटाउन पुगेको डोजरमाथि ढुंगामुढा, करिब १ दर्जन प्रहरी घाइते

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सम्बन्धित

सांसद विश्वराज पोखरेलले घमण्ड देखाएको भन्दै महावीर पुनको कडा टिप्पणी

पश्चिमी वायुको प्रभावः बदली, वर्षा र चट्याङ सम्भावना

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com