ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे


abc tv
बैशाख १२, २०८३ शनिबार  ४ : ३९ बजे

ओखलढुङ्गा । ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विश्वराज पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरसँग भएको विवादबारे आलोचना बढेपछि सार्वजनिक रूपमा माफी मागेका छन्। शनिबार उनले विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति क्षमायाचना व्यक्त गरेका हुन् ।

संघीय संसदको बैठक स्थगित भएका बेला आफ्नो निर्वाचन क्षेत्रमा नागरिकसँग भेटघाट गर्ने क्रममा वैशाख ९ गते खिजिदेम्बा गाउँपालिका–२ स्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा पुगेका बेला विवाद उत्पन्न भएको उनले बताएका छन्। सो घटनाबारे उनले स्पष्टीकरण दिँदै सामाजिक सञ्जालमा फैलिएको भिडियोले घटनाको पूर्ण सन्दर्भ नदेखाई आंशिक रूपमा मात्र प्रस्तुत गरिएको दाबी गरेका छन्। अपूर्ण जानकारीका कारण विवाद बढेकोमा उनले खेद व्यक्त गरेका छन्।

यद्यपि, सार्वजनिक जीवनमा रहेका व्यक्तिले अझ संयमित र मर्यादित व्यवहार देखाउनुपर्ने स्वीकार गर्दै उनले आफूबाट थप धैर्य देखिनुपर्ने बताएका छन्। “यस घटनाले पार्टी, समर्थक, विद्यालय परिवार, स्थानीय समुदाय र आम जनतामा चोट पुगेकोमा म क्षमाप्रार्थी छु,” उनले भनेका छन्।

घटनाको दिन गाउँमा सांसद आउने खबरले विद्यालयमा उत्साह देखिएको थियो। प्रधानाध्यापक मगरसहित शिक्षक तथा कर्मचारी बिहानैदेखि तयारीमा जुटेका थिए। विद्यालयका समस्या र मागहरू लिखित रूपमा पेश गर्ने र सांसदको भव्य स्वागत गर्ने योजना थियो। स्वागतका लागि खादा, माला र कुर्सीको व्यवस्था गरिएको थियो भने स्थानीयबासी बाजागाजासहित सांसदलाई विद्यालयसम्म ल्याएका थिए।

तर, सांसद विद्यालय पुग्दा प्रधानाध्यापक र केही कर्मचारीहरू कार्यालयभित्र आवश्यक कागजात तयार पार्न व्यस्त थिए। बाहिर रहेका कर्मचारीहरूले उनलाई बस्न आग्रह गरे पनि भित्रबाट कोही नआउँदै उनी असन्तुष्ट हुँदै फर्किन लागेका थिए। त्यसपछि हतारिँदै बाहिर आएका प्रधानाध्यापक मगरले स्वागतमा ढिलाइ भएको भन्दै क्षमा मागेका थिए।

तर, उक्त अवस्थामा सांसद पोखरेलले आफूलाई उचित सम्मान नगरिएको भन्दै प्रधानाध्यापकलाई हप्काएका थिए। उनले आफ्नो विगतको सेवाकाल र पदको उल्लेख गर्दै असन्तुष्टि व्यक्त गरेका थिए। साथै, विद्यालय प्रशासनलाई खेद प्रस्ताव पारित गर्न दबाब दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

चारैतिरबाट आलोचना भएपछि उनले अन्ततः सार्वजनिक रूपमा माफी मागेका हुन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हेडमास्टरलाई दुर्व्यवहार गरेकोमा सांसद विश्वराज पोखरेलले माफी मागे

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सम्बन्धित

सुकुम्बासी व्यवस्थापन : रंगशालाको होल्डिङ सेन्टरमा २३ परिवारले नाम दर्ता गराए

सुकुमवासी बस्ती खाली गराउन थापाथलीमा बिहानैदेखि सुरक्षाकर्मी परिचालन

सुकुम्बासी व्यवस्थापनमा सरकारको ‘शर्टकट’ र प्रक्रियागत त्रुटि !

‘सुदृढीकरणको’ वृहत् रणनीति

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com