काठमाडौँ, ३० बैशाख । देशका विभिन्न स्थानमा झडप र हवाई फायर हुनुका बाबजुद स्थानीय निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । गठबन्धन र एमाले तथा गठबन्धनबीचकै दलहरूबिच विवाद हुँदा ठाउँरठाउँमा असहज स्थिति देखिएको थियो । तर मानवीय क्षतिसम्मको अवस्था आएन । सुदूरपश्चिमका बझाङ र ...