ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदान अवधि सकियो : दिनभर छिटपुट घटनाबाहेक चुनाव शान्तिपूर्ण


एबीसी / संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार   ५ : ४०   बजे

काठमाडौँ, ३० बैशाख । देशका विभिन्न स्थानमा झडप र हवाई फायर हुनुका बाबजुद स्थानीय निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । गठबन्धन र एमाले तथा गठबन्धनबीचकै दलहरूबिच विवाद हुँदा ठाउँरठाउँमा असहज स्थिति देखिएको थियो । तर मानवीय क्षतिसम्मको अवस्था आएन ।

सुदूरपश्चिमका बझाङ र बाजुराका चार मतदान केन्द्रमा प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ । बाजुराको बुढीनन्दा गाउँपालिकाका दुई वटा मतदान स्थलमा ५ राउन्ड हवाई फायर भएको सुदूरपश्चिम प्रहरी प्रवक्ता भोलाबहादुर रावलले जानकारी दिनुभयो । विवादपछि दुवै मतदान स्थलमा मतदान रोकिएको छ । यसै गरी बुढीगंगा गाउँपालिकाको एउटा मतदान स्थलमा दुई राउन्ड हवाई फायर भएको थियो । त्यस ठाउँमा पनि मतदान रोकिएको थियो । बझाङको जय पृथ्वी नगरपालिकाको सुगाड मतदान केन्द्रमा पनि ३ राउन्ड हवाई फायर भएको एसएसपी रावलले जानकारी दिनुभयो । कर्णाली प्रदेशका चार जिल्लाका ५ मतदान केन्द्रमा मतदान रोकिएको थियो ।  कालिकोटको रास्कोट गाउँपालिका, जुम्लाको गुटिचौर गाउँपालिका, हुम्लाको चंखेनी गाउँपालिका र खार्पुनाथ गाउँपालिका तथा सुर्खेतको सिम्टा गाउँपालिकाका एक एक मतदान केन्द्रमा विवादपछि मतदान रोकिएको थियो । बागमती प्रदेशअन्तर्गत काभ्रे, दोलखा, सिन्धुपाल्चोक र रामेछापमा मतपेटिका तोडफोडसम्मको अवस्था बन्यो । रामेछापका विभिन्न मतदान केन्द्रमा प्रहरीले १५ राउन्ड हवाई फायर गरेको थियो ।

प्रदेश-१ अन्तर्गत धनकुटाको सहिद भूमि गाउँपालिका-६, खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ र ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ मा विवादका कारण मतदान रोकिएको थियो । प्रदेश-२ अन्तर्गत सर्लाहीको धनकौल नगरपालिका-२ स्थित मतदान केन्द्रमा मतदान रोकिएको थियो । प्रतिनिधि छनोटको विषयमा एमाले र माओवादीले असन्तुष्टि जनाउँदै ढुंगा मुढा गरेपछि मतदान रोकिएको जिल्ला प्रहरी प्रमुख प्रबिन पोखरेलले जानकारी दिनुभयो । एक पटक रोकिएर पुन सुचारु हुन खोजेको मतदान प्रभावित बनेपछि प्रहरीले ६ राउन्ड हवाई फायर गरेको छ । महोत्तरीको बलुवा-५ मा पनि प्रहरीले एक राउन्ड हवाई फायर गरेको छ । वडाध्यक्षका उम्मेदवार मतदाताको नाम रुजु गर्नभन्दै मतदान केन्द्रबीच प्रवेश गरेपछि उहाँमाथि हात पात भएर विवाद सुरु भएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता धेरै स्थानमा विवाद हुने, मतदान रोकिने र छलफलपछि फेरी मतदान सुरु हुने अवस्था भएको बताए। झडपमा केही ठाउँमा घाइते भए पनि अवस्था गम्भीर नरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

सम्बन्धित

सरकारले कुन–कुन क्षेत्रमा कति–कति ल्यायो बजेट ?

प्रदेश र स्थानीय तहको बजेट : कतै घट्यो, कतै बढ्यो (पूर्णपाठ)

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

आकारमा अस्वाभाविक ठूलो भयो, यो वास्तविक बजेट होइन : पूर्वअर्थमन्त्री पुन

नवीनताको नाममा अन्योलपूर्ण बजेट: एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group