काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्बको बजेट ल्याएको छ। जसममध्ये सबैभन्दा बढी सडक तथा सहरी पूर्वाधार विकासतर्फ २८६ अर्ब ४८ करोड रुपैयाँ छुट्ट्याएको छ भने खानेपानी तथा सरसफाइमा ३७ अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको छ।
त्यस्तै, ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन निर्माणतर्फ ८५ अर्ब ५४ करोड तथा सूचना तथा सञ्चारतर्फ ५ अर्ब ९३ करोड रुपैयाँ छुट्ट्याइएको छ।
त्यसैगरी, खेलकुदतर्फ ४ अर्ब ३ करोड र महिला तथा बालबालिकातर्फ २ अर्ब २७ करोड रुपैयाँ छुट्ट्याइएको छ।त्यस्तै, शिक्षामा २१८ अर्ब ३० करोड र कृषि तथा पशुपक्षीतर्फ ४६ अर्ब ९२ करोड रुपैयाँ छुट्ट्याइएको छ। वन तथा वातावरणतर्फ १२ अर्ब ३१ करोड रुपैयाँ बजेट छुट्ट्याइएको भने संस्कृति तथा पर्यटनतर्फ ७ अर्ब ३४ करोड र नागरिक उड्डयनतर्फ २ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ।त्यसैगरी, श्रम तथा रोजगारतर्फ ३ अर्ब ६३ करोड, वाणिज्य तथा आपूर्तितर्फ ८ अर्ब ३१ करोड र नवप्रवर्तनतर्फ ४ अर्ब रुपैयाँ छुट्ट्याइएको छ।








प्रतिक्रिया दिनुहोस्