काठमाडौं, १५ जेठ । नेकपा (एमाले)की सचिव पद्माकमुारी अर्यालले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने टिप्पणी गरेकी छिन्।सिंहदरबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिँदै सांसद अर्यालले यस्तो टिप्पणी गरेकी हुन्।बजेटमा घोषणा गरिएका कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन नगरिएको तथा कार्यान्वयनको आधार दिन नसकेको उनको भनाइ छ। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नवीनताको नाममा अन्योल थपेको आरोप लगाइन्।अर्यालले भनिन्,‘सरकारले बजेटमा पुराना सरकारहरूले ल्याएका कार्यक्रमको नाम परिवर्तन गरेर ल्याएको छ तर बजेट छुट्याएको छैन। कुनै कार्ययोजना देखिँदैन। नवीनताको नाममा अन्योल देखिन्छ।’ अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रवार आर्थिक वर्ष २०८३।८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।






प्रतिक्रिया दिनुहोस्