काठमाडौं, १५ जेठ २०८३ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले सार्वजनिक संस्थाहरूको सेयर जनतालाई बिक्री गर्ने, सामाजिक सुरक्षा विस्तार गर्ने र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएको छ। बजेटले लगानीमैत्री वातावरण, पूर्वाधार सुधार र प्रविधिमा आधारित अर्थतन्त्र निर्माणलाई जोड दिएको छ।
सार्वजनिक संस्थाहरूको सेयर बिक्री
सरकारले राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनी को सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा गरेको छ। यसले पुँजी बजारलाई थप गति दिने र सर्वसाधारणलाई लगानीको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
सामाजिक सुरक्षा कार्यक्रममा ठूलो बजेट
- सामाजिक सुरक्षा क्षेत्रका लागि १ खर्ब २० अर्ब रुपैयाँ विनियोजन।
- ‘सक्नेले छोडौँ, नसक्नेलाई जोडौँ’ अभियान सञ्चालन।
- अटिजम भएका बालबालिकाका लागि पूर्वाधारयुक्त आवासीय नमूना विद्यालय सञ्चालन।
- गिग वर्कर (फ्रीलान्स/प्लेटफर्म कामदार) लाई औपचारिक श्रम र सामाजिक सुरक्षाको दायरामा ल्याइने।
शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब
सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ। उच्च शिक्षामा चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत विधामा कोटा उल्लेख्य वृद्धि गरिनेछ।
पूर्वाधार विकास
- सडकको राष्ट्रव्यापी मर्मत अभियानका लागि २८६ अर्ब ५२ करोड।
- पूर्वपश्चिम राजमार्ग का लागि ३७ अर्ब ४६ करोड।
- मध्यपहाडी लोकमार्ग आसपास १२ पहिचानयुक्त सहर निर्माणका लागि १ अर्ब ८३ करोड।
अन्य प्रमुख घोषणाहरू
कर प्रणाली सरलीकरण
- विभिन्न करहरूलाई एकीकृत हरित कर को रूपमा लागू।
- सूचीकृत कम्पनीको धितोपत्र बिक्रीबाट प्राप्त पुँजीगत लाभकर लाई अन्तिम कर।
- भन्सार दर ७ तहमा, ३६० वस्तुमा अन्तशुल्क खारेज, आयकर सीमा १० लाख।
ऊर्जा र प्रविधि
- नेपाल विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा विभाजन।
- आगामी वर्ष १०४० मेगावाट विद्युत् उत्पादन लक्ष्य।
- स्युचाटारमा एआई कम्प्युट केन्द्र, एआई फेलोसिप १५ जनालाई।
- मातृभूमि कोष स्थापना।
लगानी र पुँजी बजार
- विदेशी लगानीकर्तालाई अपार्टमेन्ट २५% सम्म दीर्घकालीन लिज।
- गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागिता।
- नेपालमा सूचीकृत कम्पनीले विदेशी स्टक एक्सचेन्जमा सूचीकरण गर्न सकिने।
- इन्ट्रा-डे, सर्ट सेलिङ र डेरिभेटिभ्स सुरु।
- राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी पुसभित्र।
सरकारी सुधार
- ३१ सरकारी निकाय खारेज, ६ मर्जर, ६ हस्तान्तरण, १८ पुनःसंरचना।
- घाटामा रहेका ७ संस्थानलाई PPP मोडेलमा।
- कम्पनी खारेजी प्रक्रिया झन्झटमुक्त।
- नेपाल टेलिकम को ३४% सेयर जनतालाई बिक्री।
- महिलाका लागि ब्ल्यू बस सञ्चालन।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटलाई “बृहत् आर्थिक सुधारको निर्णायक मोड” भनेका छन्। करलाई दण्ड नभई विकासको साझेदार बनाउने, लगानी आकर्षित गर्ने र सामाजिक न्यायसहितको आर्थिक विकास गर्ने यो बजेटको मुख्य लक्ष्य रहेको छ।






प्रतिक्रिया दिनुहोस्