ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी


एबीसी न्यूज
जेष्ठ १५, २०८३ शुक्रबार   ५ : २८   बजे

काठमाडौं, १५ जेठ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटले पूर्वाधार विकास, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार र प्रविधिलाई प्राथमिकता दिएको छ। कर्णालीका विकट क्षेत्रमा एयर एम्बुलेन्स, ठूला सडक आयोजनाहरू, स्वास्थ्य बिमा विस्तार र एआई प्रवेश जस्ता घोषणाहरूले बजेटलाई व्यापक र समावेशी बनाएको छ।

स्वास्थ्य क्षेत्रमा सुधार

  • स्वास्थ्य बिमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ विनियोजन।
  • निःशुल्क वितरण भइरहेका २५ प्रकारका औषधि नेपालमै उत्पादन गरिने।
  • तीन वर्षभित्र ९० प्रतिशत नागरिक लाई स्वास्थ्य बिमाको दायरामा ल्याइने।
  • वीर र कीर्तिपुर अस्पताल मा जलन उपचार क्षमता वृद्धि।
  • बालबालिकाको क्यान्सर उपचार सरकारी अस्पतालमा निःशुल्क।
  • कर्णालीका विकट स्थल मा एयर एम्बुलेन्स सेवा सञ्चालन।
  • नर्सिङ जनशक्तिको रात्री डियुटी भत्ता दोब्बर, महिला स्वयंसेविका भत्तामा ५० प्रतिशत वृद्धि।

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब

  • शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड विनियोजन।
  • शिक्षालाई नवप्रवर्द्धन र सिपमूलक बनाइने, शिक्षकको क्षमता परीक्षण गरिने।
  • वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला विश्वविद्यालय मा अध्ययन सुविधा।
  • उत्कृष्ट विदेशी विश्वविद्यालयलाई नेपालमा क्याम्पस सञ्चालन गर्न नीति।
  • अटिजम भएका बालबालिकाका लागि आवासीय नमूना विद्यालय।
  • चिकित्सा, नर्सिङ, सूचना प्रविधि लगायत उच्च शिक्षामा कोटा उल्लेख्य वृद्धि।

पूर्वाधार र सडक विकासमा ठूलो बजेट

  • सडक तथा शहरी विकास तर्फ २८६ अर्ब ४८ करोड।
  • पूर्वपश्चिम राजमार्ग : ३७ अर्ब ४६ करोड।
  • काठमाडौं-तराई मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) : १७ अर्ब ६४ करोड।
  • हुलाकी राजमार्ग : ४ अर्ब ६५ करोड (यो वर्ष सम्पन्न)।
  • मदनभण्डारी राजमार्ग : १ अर्ब ४६ करोड।
  • मध्यपहाडी (पुष्पलाल) राजमार्ग : ३ वर्षभित्र सम्पन्न, २ अर्ब १६ करोड।
  • खुटिया-दिपायल फास्ट ट्र्याक स्तरोन्नति।
  • कर्णाली, कालीगण्डकी र कोशी करिडोर : ६ अर्ब २५ करोड।
  • नागढुंगा–सिस्नेखोला सुरुङमार्ग : आगामी साउनबाट सञ्चालन।
  • ३ वर्षभित्र १० वटा ८ हजार दर्शक क्षमताका रंगशाला फ्लड लाइटसहित स्तरोन्नति।

ऊर्जा तथा जलविद्युत्

  • निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन सम्पन्न गर्न ७० अर्ब।
  • आगामी वर्ष १०४० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा आबद्ध (६७० MW जलविद्युत् + ३७० MW सौर्य)।
  • नेपाल विद्युत् प्राधिकरणलाई तीन कम्पनीमा विभाजन।

अन्य महत्वपूर्ण घोषणा

  • खानेपानी तर्फ ३७ अर्ब १७ करोड (तराई-मधेशमा डिप बोरिङ, २८० आयोजना सम्पन्न)।
  • फिनटेक मार्केटप्लेस स्थापना (राष्ट्र बैंकको सुपरिवेक्षणमा)।
  • एआई युग मा प्रवेश : स्युचाटारमा एआई कम्प्युट केन्द्र, १५ जना नेपालीलाई फेलोसिप।
  • राष्ट्रिय जीवन बीमा र विशाल बजार को सेयर सर्वसाधारणलाई बिक्री।
  • महिलाका लागि ब्लु बस देशैभर सञ्चालन।
  • भीसा प्रणाली मा व्यापक सुधार, लगानीमैत्री बनाइने।
  • LDC बाट स्तरोन्नति गर्न घनिभूत आर्थिक-सामाजिक अभियान।
  • राजनीतिक दललाई निर्वाचन मतका आधारमा अनुदान दिन बृहत् बहस।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटलाई “बृहत् आर्थिक सुधार र राष्ट्रिय पुनर्जागरणको निर्णायक मोड” भनेका छन्। यसले पूर्वाधार, स्वास्थ्य, शिक्षा, प्रविधि र लगानीलाई सँगै जोड्ने प्रयास गरेको छ। अब मुख्य चुनौती भनेको यी घोषणाहरूलाई प्रभावकारी कार्यान्वयन गर्नु रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

सम्बन्धित

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

राष्ट्रिय जीवन बीमा र विशाल बजारको सेयर जनतालाई, सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब

शिक्षामा २ खर्ब १८ अर्ब, पूर्वाधारमा ठूलो लगानी, कर सुधार र प्रविधिमा जोड

पूर्वपश्चिम राजमार्गमा ३७ अर्ब ४६ करोड, विद्युत् प्राधिकरणलाई तीन टुक्रा, सेयर बजारमा इन्ट्रा-डे

बजेट २०८३/८४ : सडक मर्मतमा २८६ अर्ब ५२ करोड, १०४० मेगावाट विद्युत् र ‘ब्ल्यू बस’ घोषणा

बजेट २०८३/८४ : सडक मर्मतमा २८ अर्ब ५२ करोड, मध्यपहाडमा १२ नयाँ सहर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group