ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदानका क्रममा यी स्थानमा भए झडप


एबीसी / संवाददाता
बैशाख ३०, २०७९ शुक्रबार  २ : ३६ बजे

काठमाडौँ, ३० बैशाख । मतदानका क्रममा देशका विभिन्न स्थानमा झडप भएको छ । झडपमा परी केही निर्वाचन कर्मचारीहरू समेत घाइते भएका छन् भने केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
बाजुराको बुढीगंगा नगरपालिकाका तीन मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । बुढीगंगा नगरपालिका-९ मा २ राउण्ड, सोही नगरपालिकाको वडा न‌‍. १० सिगाडामा मा.वि. मतदान केन्द्र र वडा नम्बर ५ को मतदान केन्द्रमा हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो । यस्तै, बाजुराकै बुढीनन्दा नगरपालिका-९ गाउँपानीको हिमाली आधारभूत विद्यालयमा पनि हवाई फायर भएको छ ।

यता, पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका-२ को पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन ।
बाराको देवताल गाउँपालिकामा झडपपछि रोकिएको मतदान पुनः सुरु भएको छ । त्यस्तै, सर्लाहीको कौडेना गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक-पटक झडप भएपछि दोस्रो पटक पुनः मतदान सुचारु भएको छ । कौडेना गाउँपालिका-६, श्री जनता आधारभूत मतदान स्थल नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएपछि पुनः मतदान सुरु भएको हो । बिहानदेखि पटक-पटक झडप भएपछि घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । मतदान स्थलमा तत्काल आईपुगेको सेनाको टोलीले फायर नगरेपनि हतियार तेस्याएपछि स्थिती नियन्त्रणमा आएको थियो ।

उता, बझाङको जयपृथ्वी गाउँपालिका वडा नम्बर ७, सुनीपिपल चौर मावि मतदान केन्द्रमा पनि झडप भएको छ । सो स्थानमा मतपत्र पनि च्यातिएको खबर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

सामाजिक सञ्जालबाट चुनावको माहौल धमिल्याउने प्रयास हुन सक्छ : आयोग

सम्बन्धित

चुनाव दुई चरणमा नगरियोस् : प्रचण्ड

सेल्फीको भीड, विचारको खडेरी—बालेनको चुनावी यात्रा खोक्रो प्रदर्शनमा सीमित

बदलिएको कांग्रेस सत्ताका लागि जोसँग पनि मिल्दैनः गगन थापा

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

एमालेको अडानः ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’

काठमाण्डौबाट उडेलगत्तै एउटा इन्जिनमा समस्या आएको विमान कोलकातामा अवतरण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com