ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मतदानका क्रममा यी स्थानमा भए झडप


एबीसी / संवाददाता

काठमाडौँ, ३० बैशाख । मतदानका क्रममा देशका विभिन्न स्थानमा झडप भएको छ । झडपमा परी केही निर्वाचन कर्मचारीहरू समेत घाइते भएका छन् भने केही मतदान केन्द्रमा मतदान स्थगित भएको छ ।
बाजुराको बुढीगंगा नगरपालिकाका तीन मतदान केन्द्रमा एमाले र कांग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ ।

झडप नियन्त्रण गर्न सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । बुढीगंगा नगरपालिका-९ मा २ राउण्ड, सोही नगरपालिकाको वडा न‌‍. १० सिगाडामा मा.वि. मतदान केन्द्र र वडा नम्बर ५ को मतदान केन्द्रमा हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एमाले र कांग्रेस कार्यकर्ताबीच खुकुरी हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको हो । यस्तै, बाजुराकै बुढीनन्दा नगरपालिका-९ गाउँपानीको हिमाली आधारभूत विद्यालयमा पनि हवाई फायर भएको छ ।

यता, पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका-२ को पेल्मामा अझै मतदान सुरु हुन सकेको छैन ।
बाराको देवताल गाउँपालिकामा झडपपछि रोकिएको मतदान पुनः सुरु भएको छ । त्यस्तै, सर्लाहीको कौडेना गाउँपालिकामा राजनैतिक दलका नेता कार्यकर्ताबीच पटक-पटक झडप भएपछि दोस्रो पटक पुनः मतदान सुचारु भएको छ । कौडेना गाउँपालिका-६, श्री जनता आधारभूत मतदान स्थल नेपाली सेनाको टोलीले नियन्त्रणमा लिएपछि पुनः मतदान सुरु भएको हो । बिहानदेखि पटक-पटक झडप भएपछि घटनास्थल नेपाली सेनाले नियन्त्रणमा लिएको थियो । मतदान स्थलमा तत्काल आईपुगेको सेनाको टोलीले फायर नगरेपनि हतियार तेस्याएपछि स्थिती नियन्त्रणमा आएको थियो ।

उता, बझाङको जयपृथ्वी गाउँपालिका वडा नम्बर ७, सुनीपिपल चौर मावि मतदान केन्द्रमा पनि झडप भएको छ । सो स्थानमा मतपत्र पनि च्यातिएको खबर छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com