भीमदत्तनगर, १२ चैत। धेरैले अझै पनि पश्चिममा महाकाली नदीलाई नेपाल–भारतको सीमा नदी मान्छन् । तर कञ्चनपुरसित सीमा जोडिएको क्षेत्रमा महाकाली नदीलाई पश्चिमतर्फको सीमा मान्नुभयो भने त्यो अन्याय हुन्छ । कारण महाकाली नदीपारिको दोधारा–चाँदनी भएर बग्ने अर्को नदी जोगबुढाभन्दा पनि केही परसम्म नेपाली बस्ती छन् । ...