ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटनको माध्ययमबाट मुलुकमा विकास र समृद्धि सम्भव : पर्यटनमन्त्री अधिकारी


एबीसी न्यूज
बैशाख ३०, २०७५ आईतबार   ४ : ११   बजे
म्याग्दी, ३० वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटनको माध्ययम मार्फत मुलुकको दिगो विकास सम्भव रहेको बताउनुभएको छ ।
म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को बेनीमा सुभारम्भ गर्दै मन्त्री अधिकारीले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताउनुभयो । उहाँले नेपाल प्राकृतिक, धार्मिक, ऐतिहाँसिक र परम्परागत कला संस्कृतिमा धनी देश भएकाले पर्यटकको माध्ययम मार्फत मुलुकको विकास र समृद्धि सम्भव रहेको बताउनुभयो ।
‘‘ यहाँ कयौँ मनोरम पर्यटकीय गन्तव्यहरु छन्, पूर्वाधार विकास र प्रचार प्रसार नहुँदा अहिले पर्यटक आगमन बढ्न सकेको छैन, अब सरकारले त्यसतर्फ ध्यान दिन्छ, पर्यटन विकासमा सरकार गम्भिर भएर लागेको छ’’–मन्त्री अधिकारीले भन्नुभयो । सन २०२० मा बार्षिक रुपमा १५ लाख पर्यटक भित्र्याउने घोषणा गरिएको उल्लेख गर्दै उहाँले सरकारले त्यो संख्या बढाएर २० लाख पर्यटक भित्र्याउने योजना सहित काम गरिरहेको बताउनुभयो ।
प्रदेश नम्बर ४ को पर्यटन सम्भावनाहरुमा म्याग्दी अग्रणी स्थानमा रहेको उल्लेख गर्दै यहाँको पदमार्ग लगायतका पूर्वाधार बनाउन सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । ‘‘ पर्यटन विकासको दिगो स्रोत हो, यसको उजागर गरि हामीले जनताको आयस्तरमा सुधार र रोजगारि सिर्जना गर्ने लक्ष्य लिएका छौँ, अबको केही बर्षभित्रै नेपालमा पर्यटकहरुको आगमन ह्वात्तै बढ्ने भएकाले पर्यटनको क्षेत्रमा लगानी गर्न हामी निजी क्षेत्रलाई आह्वान गर्दछौँ,’’–मन्त्री अधिकारीले भन्नुभयो ।
स्थानीय, प्रदेश र संघिय सरकार मिलेर पर्यटनको विकासमा अगाडी बढ्नुपर्ने धारणा राख्दै मन्त्री अधिकारीले पदमार्गको राजधानीको रुपमा चिनिने म्याग्दीमा पर्यटन पूर्वाधार बनाउन संघिय सरकारले सघाउने बताउनुभयो । पोखरा लगायतका नयाँ विमानस्थलहरुलाई सुचारु गराउने गरि सरकार लागीपरेको बताउँदे उहाँले नेपाल छिट्टै विश्वका सबै पर्यटकहरुको गन्तव्य स्थल बन्ने दावि समेत गर्नुभयो । म्याग्दीको पर्यटन विकासमा उद्योग बाणिज्य संघको अगुवाईमा भ्रमण बर्ष मनाउन सुरुहुनु खुसीको कुरा भएको बताउँदै उहाँले स्वदेशका विभिन्न क्षेत्र र प्रवासमा रहेका जिल्लाबासीहरुलाई समेत आफ्नो पुख्र्यौली थलोमा फर्किएर रमणीय ठाउँहरुको भ्रमण आउन आग्रह गर्न सुझाब दिनुभयो ।
मन्त्री अधिकारीले पर्यटन सुचना केन्द्रको समेत उद्घाटन गर्नुभएको छ । उद्योग बाणिज्य संघ, बेनी नगरपालिका र पर्यटन बोर्डद्धारा संयुक्त रुपमा स्थापित पर्यटक सुचना केन्द्रको उद्घाटन गर्नुभएको थियो ।
उहाँले पर्यटक सुचना केन्द्रले जिल्लामा भित्रने पर्यटकहरुलाई जिल्लाका गन्तव्यहरुको बारेमा सुचना र सन्देश प्रवाह गर्न सघाउने विश्वास व्यक्त गर्नुभयो । एक फरक प्रवंगमा मन्त्री अधिकारीले वर्तमान सरकार राजनैतिक अस्थिरताबाट मुक्त रहेको बताउँदै जनताले दिएको जनादेश अनुसार समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थकता बनाउने गरि काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

भरतपुरमा राष्ट्रिय चिकित्सा सम्मेलन सुरु, स्वास्थ्य क्षेत्र सुधारमा मुख्यमन्त्री बानियाँको जोड

सम्बन्धित

भन्सार वृद्धि प्रभावः सुन तोलामा २० हजार ५ सय रुपैयाँ महँगियो

विद्युतीय सवारीमा ‘करको प्रहार’: वातावरणमैत्री नीति कि उपभोक्तामाथि दोहोरो मार?

रास्वपाको ‘नागरिक करार’ र बालेन सरकारको बजेट : नीतिगत तालमेल तर कार्यान्वयनमा आशंका

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको ‘सुधारवादी’ बजेट, प्रदेश र स्थानीय तहमा मिश्रित प्रभाव ![पूर्णपाठ]

बजेट २०८३/८४ : २१ खर्ब २४ अर्बको बजेट, कर्मचारीको तलब २१% वृद्धि

बजेट २०८३/८४ : पूर्वाधार, स्वास्थ्य, शिक्षा र प्रविधिमा ठूलो लगानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group