ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैशाखेश्वरी भेनियर उद्योगमा आगलागी, लाखौँको क्षति


admin
बैशाख ३१, २०७५ सोमबार  २ : ५५ बजे

दोलखा, ३१ वैशाख। दोलखाको जिरी नगरपालिकास्थित एक भेनियर उद्योगमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिरी नगरपालिका वडा नं ७ खावास्थित वैशाखेश्वरी भेनियर उद्योगमा आगलागी हुँदा भेनियर पत्ता निकाल्नेसहित अन्य उपकरण, चिरान गरी राखिएका करीब तीन हजार क्युफिट काठ जलेर नष्ट हुँदा करीब रु ९० लाखबराबरको धनमाल क्षति भएको उद्योगका प्रोप्राइटर मोहनकुमार खड्काले जानकारी दिनुभयो ।

आगलागीबाट घर निर्माणका लागि चिरान गरी राखिएको स्थानीय भूकम्पपीडितको काठसमेत जलेको तर काठ चिरानको उपकरण भने अलि टाढा रहेकाले जोगिए पनि अन्य सबै उपकरण र चिरान गरिएको काठ जलेर नष्ट भएको उहाँले बताउनुभयो ।

फर्निचरमा मध्यराति चट्याङपछि विद्युत् सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । मध्यराति १२ बजेदेखि शुरु भएको आगो आज बिहान ३ बजेमात्रै नियन्त्रणमा आएको थियो । प्रहरीले पनि आगलागीको पुष्टि गर्दै करीब रु ८० देखि ९० लाखबराबरको क्षति भएको अनुमान गरेको छ । सो उद्योगमा करीब १५ व्यवसायीको रु डेढ करोडबराबरको लगानी थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

सुनको भाउ २० हजार ५ सय रुपैयाँले घटेर बुधवारकै भाउमा कारोबार

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com