काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष थप अन्तर्राष्ट्रिय हवाई रुट प्रदान गर्न आग्रह गरेका छन्।
भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको क्रममा सम्पन्न द्विपक्षीय भेटवार्तापछि काठमाडौँको द्वारिकाज होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै उनले भारतसँग अन्तर्राष्ट्रिय विमानहरुलाई नेपाल प्रवेश गर्ने थप चार वटा रुट प्रदान गर्न आग्रह गरेको जानकारी दिँदै भारतले यसलाई गम्भिरतापूर्वक लिने आशा गरेको बताए।
k|wfgdGqL s]kL zdf{ cf]nL / g]kfnsf] /fhsLo e|d0fdf /xg’ ePsf ef/tLo k|wfgdGqL g/]G› df]bL sf7df8f}+df cfof]lht ;+o’Qm kqsf/ ;Dd]ngnfO{ ;Daf]wg ug'{ cl3 Ps cfk;df xflb{stf k|s6 ub}{ . t:jL/ M k|lbk/fh jGt, /f;;
त्यस्तै महाकाली नदीमाथि चार लेनको मोटरेवल पुलको निर्माणका लागि भारतीय पक्षबाट डीपीआर निर्माण गरि छिट्टै कार्यान्वयन हुने आशा प्रधानमन्त्री ओलीले समेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्