काठमाडौ ३१ बैशाख । पाकिस्तानले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार राष्ट्रका नाममा गरेको सम्बोधनमा दिएको अभिव्यक्तिलाई उत्तेजक भन्दै अस्वीकार गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी शान्ति र स्थायित्व कायम राख्न अन्तर्राष्ट्रिय प्रयास भइरहेको बेला मोदीले अशान्ति भड्काउने वक्तव्य दिएको आरोप लगाएको हो। ...