ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रारम्भिक अध्ययनको प्रतिवेदन: हराएको गाडी निकाल्न जोखिमपूर्ण


abc news
बैशाख ३१, २०८२ बुधबार  ७ : १२ बजे

काठमाडौं, ३१ वैशाख । हेटौँडा उपमहानगरपालिका–१६ गैरीगाउँमा जमिन भासिएर गाडी हराएको विषयमा खानी तथा भूगर्भ विभागको टोलीद्वारा गरिएको प्रारम्भिक अध्ययनको प्रतिवेदन आएको छ ।

घटनाको प्रमुख कारण जमिनमुनिको सिल्ट मिश्रित पानीको निष्कासन रहेको देखिएको छ । हाल भासिएको स्थानमा पाँच वर्ष अघि खनिएको बोरिङ रहको र बोरिङबाट लामो समयसम्म सिल्ट मिश्रित धमिलो पानी निरन्तर निष्कासित हुँदै आएको देखिएको छ ।

भूगर्भविद्हरूका अनुसार यही प्रक्रियाले जमिनभित्र स–साना भ्वाङहरू बनाउँदै गएको र अन्ततः जमिनमाथि निरन्तर भार रहँदा त्यो भासिएर ठूलो खाडलमा परिणत भएको पाइएको छ ।

भूगर्वविद्हरुको अध्ययन नतिजा अनुसार सिन्कहोलको केन्द्रदेखि भासिएको सडकको पूर्वी भागमा ४-२ मिटरको क्षेत्रफलमा उच्च चुम्बकीय असामान्यता देखाएको छ । यो संकेत भासिएको गाडीको सम्भावित स्थानसँग मिल्दोजुल्दो देखिएको भूगर्भविद्हरूले बताएका छन् ।

अनुसन्धानका क्रममा भूगर्वविद्को टोलिले ८ मिटर गहिराइसम्म फलामे ड्रिलिङ रड धसाएका थिए । भासिएको पुरानो सडकको सतहबाट २ मिटर मुनि रहेको स्थानबाट फलामे ड्रिलिङ रड धसाउँदा ६ मिटर गहिराइमा अबरोध आएपछि सोही गहिराइमा सवारीसाधन भएको अनुमान गरिएको छ ।

घटनास्थल र आसपासका क्षेत्रबाट संकलन गरिएको माटोको नमूना परिक्षण नतिजा अनुसार अध्ययनले जमिनको अवस्था कमजोर देखिएको छ । सिन्क होल बनेको स्थानको माटोको परिक्षणबाट सिल्ट मिसिएको क्ले ५ मिटर गहिरासम्म र त्यसमुनि सिल्ट मिसिएको मसिनो वालुवाको तह रहेको पुष्टि भएको छ । साथै जमिनको सतहभन्दा करिब ५.५ मिटरमुनि भूमिगत जल सतह रहेको देखिएको छ ।

विशेषज्ञहरूका अनुसार जमिन भासिएको स्थानभित्र रहेको माटोको संरचना खुकुलो र कमजोर भएकाले थप अध्ययन विना एक्स्काभेटर वा क्रेन प्रयोग गरेर गाडी निकाल्न जोखिमपूर्ण हुने बताइएको छ ।

भूमिगत जल सतह नजिक भएको र जमिनको भारवहन क्षमता कमजोर रहेकाले विस्तृत इन्जिनियरिङ योजना, थप अध्ययन, तथा विशेषज्ञको निगरानीमा मात्र उत्खनन् गर्नुपर्ने सुझाव भूगर्वविद्को छ ।

घटनास्थल तथा गैरीगाउँ क्षेत्र भएर बग्ने कर्रा खोला आसपास कुनैपनि पूर्वाधार निर्माण गर्दा विस्तृत भौगर्भिक अध्ययन गरिनुपर्ने प्रतिवेदनमा उल्लेख छ । अध्ययनको क्रममा भूगर्भीय नक्सा, उपग्रह तस्बिर, र प्रोटोन म्याग्नेटोमिटर लगायत प्रविधिको प्रयोगमार्फत अध्ययन गरिएको थियो ।

वैशाख १९ गते जमिन भासिएर ना ४ च ४८३३ नम्बरको बोलेरो गाडी हराएपछि हेटौंडा उपमहानगरको आग्रहमा भासिएको क्षेत्रको अध्ययनका लागि विभागका जियोलोजिष्ट डा. नारायण अधिकारीको नेतृत्वमा कृष्ण पाण्डे, मणी खनाल र अमर बहादुर थापाको टोली हेटौंडा आएर तथ्यांक तथा नमूना संकलन गरेका थिए ।

संकलित नमूनाको परीक्षण लैनचौरस्थित खानी तथा तथा भूगर्भ विभागको जियोटेक्निकल प्रयोगशालामा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com