ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन शाहले राजीनामा दिए लोकतन्त्र र जनता सम्मानित हुन्छन्– हर्क साम्पाङ


एबीसी न्यूज
जेष्ठ १, २०८३ शुक्रबार  ६ : ०३ बजे

काठमाडौं, १ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन्।

संसदमा नीति तथा कार्यक्रम पेस गर्न र उठेका प्रश्नसमेको जवाफ दिन नआएको भन्दै उनले प्रधानमन्त्रीले राजीनामा दिए लोकतन्त्र र नागरिक सम्मानित हुने धारणा राखेका हुन्।

शुक्रबार प्रेस विज्ञप्तिमार्फत् सांसद साम्पाङले प्रधानमन्त्रीको राजीनामा मागरेका हुन्।

‘आजका मितिसम्म संसदमा कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगर्नुले प्रधानमन्त्री वालेन्द्र शाहले संसदलाई अपमान गरेको, संसदमार्फत् सारा नेपाली जनताको लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको प्रमाणित हुन्छ। संसदमा मर्यादा र थिति बसाउन नसक्ने प्रधानमन्त्री असक्षम र असफल भएको देखिन्छ! यो घटनाले संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको छ,’ उनले भनेका छन्।

उनले राजीनामा माग्दै त्यसको चार कारण उल्लेख गरेका छन्। साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढ्दापढ्दै गरेको अवस्थामा आफू चाहि बाहिरिएको र सभामा नफर्किनुलाई पहिलो कारण उल्लेख गरेका छन्।

दोस्रो, नीति तथा कार्यक्रम छलफलको लागि संसदमा पेस गर्न अनुपस्थित भएको, प्रतिपक्षहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दा समेत उपस्थित नभएको, संसदमा उपस्थित नभई नजीकै रहेको आफ्नै कार्यालयबाट संसदका सम्पूर्ण गतिविधि लाइभ हेरेको तर उपस्थित नभएकोलाई दोस्रो कारण बनाएका छन्।

नीति तथा कार्यक्रममा छलफल हुँदा बखत अनुपस्थित रहेको र नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री स्वयम् उपस्थित रहनु पर्ने संसदीय परम्पराको बेवास्ता गरेर बिना कुनै कारण अनुपस्थित रहेकोलाई तेस्रो कारण बनाएका छन्।

आजका मितिसम्म संसदमा कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेकोलाई चौथो कारण बनाएका छन्।

‘आफ्नो धारातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने के प्रवृत्ति हो यो? यसले कस्तो नजीर बसाउँछ? कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्युनतम कर्तब्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजिनामा दिएर मार्ग प्रसस्त गर्दा लोकतन्त्र सम्मानित हुने, जनता सम्मानित हुने देखिन्छ!,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प चापलुसीपूर्ण, सी दृढ : ठूलो भिन्नता देखियो : न्यूयोर्क टाइम्स

डुबेको ऋण, पक्राउ परेका बैंकर र त्रसित बैंकिङ प्रणाली

सम्बन्धित

ट्रम्पले चीन भ्रमण सकाए, कुनै ठूलो व्यापार सम्झौताको घोषणा गरेनन्

एनसेलले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग फिर्ता माग्यो साढे ४ अर्ब

सरकारले एक वर्षमा दियो ८५ अर्ब २३ करोड भन्सार राजस्व छुट

नेपाल सरकारले श्रीलंकामा किनेको राजदूतावासको ७.९५ रोपनी जग्गा निजी व्यक्तिलाई बिक्री

छलफल बहिष्कार गरेका जेन–जीलाई असिम शाहले भने– तपाईंका आवाज नजरअन्दाज गर्दैनौँ, आउनुस्

बालेनले प्रधानमन्त्री कार्यालय मातहत नै ताने अनुसन्धान विभाग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com