ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पठनपाठनमा शिक्षकलाई सहजीकरण गर्न स्थानीय तहसँग शिक्षा मन्त्रालयको आग्रह


abc news

काठमाडौ ३१ बैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकलाई पठन पाठनमा सहजीकरण, समन्वय गर्न आग्रह गरेको छ।

लामो समय काठमाडौँ केन्द्रित आन्दोलन गरेर फर्केका शिक्षक तथा कर्मचारीसँग आवश्यक समन्वय गर्न मन्त्रालयले आग्रह गरेको हो।

मंगलबार विज्ञप्ति प्रकाशित गरी शिक्षा मन्त्रालयले ‘शिक्षक र कर्मचारीहरू हाल विद्यालय फर्केर आफ्नो पेशागत दैनिकी सूचारु गरिरहेको सन्दर्भमा सबैको निरन्तर सक्रियता, उत्प्रेरित कार्य सम्पादन तथा विद्यार्थीको सिकाइ उपलब्धिमा विशेष सुधार ल्याउने शिक्षकको अठोटलाई प्रवर्धन गर्ने उद्देश्यले विशिष्ट प्रकारको समन्वय, सहकार्य र सहजीकरणको भूमिका निर्वाह गरिदिन हुन सबै स्थानीय तह, विद्यालय तथा सरोकारवाला वर्गलाई’ आग्रह गरेको छ।

मन्त्रालयले भनेको छ, ‘नेपाल शिक्षक महासङ्घको आह्वानमा विभिन्न मागहरु राखी २०८१ चैत्र महिनामा सञ्चालन गरिएको काठमाडौं केन्द्रित पेशागत आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवम् पठनपाठन लगायतका कार्यमा पर्न गएको क्षतिलाई पूरण गर्न आवश्यक हुन्छ।’

यसरी शिक्षक एवम् कर्मचारीको आन्दोलनले विद्यार्थीको सिकाइ प्रणालीमा गुमेको अवसरको क्षतिपूर्ति स्वरूप विद्यालयको अनुकूलता अनुसार हिउँदे अथवा वर्षे विदाको अवधिमा पठनपाठन सञ्चालन गर्न महासङ्घको प्रतिवद्धता समेतका आधारमा आवश्यक व्यवस्था मिलाउन पनि सम्पूर्ण सामुदायिक विद्यालयलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com