काठमाडौं, २ वैशाख । देशका केही ठाउँमा आज पनि वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश र मधेश प्रदेशलगायत देशका पहाडी भूभागका थोरै ठाउँहरु तथा बाँकी भूभागका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । ...