काठमाडौं १६ बैशाख । रााष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुव्यर्वहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद् झाले मिश्रको व्यवहार र विचारप्रति सहमति नभएपनि राज्यले उनीहमाथि गरिराखेको व्यवहारप्रति विमति रहेको बताए। उनले पार्टीका सभापति रवि लमिछानेमाथि राज्यले प्रतिशोध साँधेको प्रधानमन्त्रीले नै स्वीकार गरेको टिप्पणी समेत गरे।
‘रविन्द्र मिश्रज्यूको व्यवहार र विचारप्रति मेरो सहमति नहोला। तर उहाँमाथि राज्यले गरिराखेको दुव्र्यवहारप्रति मेरो घोर विमति छ। त्यो व्यवहारमा सरकार सच्चियोस्। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। यही १४ गते काठमाडौँमा सम्माननीय प्रधानमन्त्रीज्यूले एउटा स्टेटमेन्ट दिनुभयो– नयाँ दलबाट आएका केहीलाई ठिक पार्नुथियो, एक झापो लगाए हिरासतमा पु¥याएँ। उहाँलाई धन्यावाद छ, स्वीकार्नुभयो कि राजनीतिक प्रतिशोध नै रहेछ। आग्रह गर्न चाहन्छु आइन्दा यो विषयमा विवाद गर्न नआउनु होला। ’
आफूलाई सुशासनको हवाला दिने सरकारले १० महिनासम्म सम्पति विवरण किन नबुझाएको भन्दै उनले प्रश्न समेत गरे।







प्रतिक्रिया दिनुहोस्