ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”


एबीसी न्यूज
माघ १९, २०८२ सोमबार   ३ : ०९   बजे

काठमाडौं, १९ माघ । प्रधानमन्त्री सुशीला कार्कीले आज संघीय संसद् अन्तर्गतको राष्ट्रिय सभामा पहिलोपटक सम्बोधन गरेकी छन्।

गत भदौ २३–२४ गतेको जनजीवन आन्दोलनपछिको परिस्थितिले उनलाई प्रधानमन्त्री बनाएको उनले बताइन्। सम्बोधनको क्रममा उनले स्पष्ट गरिन् कि संसद्मा बोल्न पाउनु व्यक्तिगत इच्छाले नभई परिस्थितिले ल्याएको अवसर हो।

प्रधानमन्त्री कार्कीले भनिन्, “जीवनमा यस्तो मौका पनि आयो। परिस्थितिले ल्याएको हो। रहरले होइन। मैले खोजेर गएको पनि होइन। परिस्थितिले बाध्य बनायो। म आएँ। र अहिले यो अवसर मैले यहाँ पाएँ, सायद जीवनमा फेरि पाउन कठिन छ होला। मैले पाउने आशा गरेको पनि छैन।”

पहिलोपटक संसद्मा सम्बोधन गरेको अनुभवलाई उनले व्यक्तिगत र ऐतिहासिक रूपमा महत्त्वपूर्ण ठानेकी छिन्। उनले थपिन्,

“आज यसलाई जीवनमा एउटा राम्रो अनुभव मान्छु। यस्तो मोड आएकोमा समयले साथ दिएकोमा खुसी लागेको छ। हेर्ने अवसर पनि पाएँ, बोल्ने मौका पनि पाएँ।”

प्रधानमन्त्री कार्कीको यो सम्बोधनले संसद्मा उपस्थित सदस्यहरूबीच ध्यानाकर्षण प्राप्त गरेको छ र आगामी दिनमा उनका कदमहरूमा नयाँ दृष्टिकोण थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group