ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पहलगाम हमला: टर्की पाकिस्तानका पक्षमा


एबीसी न्यूज
बैशाख १६, २०८२ मंगलबार   १० : ४९   बजे

काठमाडौं १६ बैशाख । पहलगाम आतंकवादी हमलापछि पाकिस्तान र भारतबीच बढेको तनावबारे टर्की बोलेको छ।

टर्कीका राष्ट्रपति तैयप एर्दोगानले विज्ञप्ति जारी गरी दुवै देशलाई तनाव कम गर्न आह्वान गरेका छन्।

साथै उनले आफ्नो समर्थन पाकिस्तानलाई रहेको घोषणा पनि गरेका छन्।
टर्कीका राष्ट्रपति एर्दोगानले सोमबार राजधानी अंकारामा भने, ‘पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफले हालै हाम्रो देशको भ्रमण गरेका छन्। यस क्रममा हामीले पाकिस्तानसँग रक्षा र व्यापारका साथै बहुआयामिक सम्बन्धबारे छलफल गर्‍यौँ। यो समय सम्पूर्ण क्षेत्रको विकासका लागि निकै महत्त्वपूर्ण छ। हामी हाम्रो क्षेत्रमा वा बाहिर कुनै नयाँ द्वन्द्व चाहँदैनौँ। हामी आशा गर्दछौँ( पाकिस्तान र भारतबीच कुनै गम्भीर घटना हुनुअघि तनाव कम हुनेछ। हामी पनि पाकिस्तानी जनतालाई हाम्रो बलियो समर्थन दोहोर्‍याउँछौँ।

टर्कीको सी(१३० हर्कुलस विमानले पाकिस्तानमा सैन्य सामग्री पुर्‍याएको अपुष्ट रिपोर्टहरू बाहिर आएका बेला एर्दोगानको यो बयान आएको हो।

अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएपछि भारत र पाकिस्तानबीच युद्धजस्तो अवस्था सिर्जना भएको छ।

यसैबीच पाकिस्तानले कुनै पनि बेला भारतले सैन्य आक्रमण गर्न सक्ने आशंकासमेत व्यक्त गरिसकेको छ।

यस्तो अवस्थामा विश्वभरबाट दुवै देशलाई संयम अपनाउन अपिल भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group