काठमाडौं १६ बैशाख । सरकारले काम सम्पन्न नभएका आयोजनाको म्याद थप गर्न खरिद नियमावली संशोधन गरेको छ।
खरिद नियमावलीको चौधौँ संशोधनले म्याद सकिएका वा म्याद थप हुन नसकेका आयोजनाको थप गर्न सक्ने व्यवस्था गरेको हो।
निर्माण व्यवसायीले कुन काम के कस्तो कारणले हुन नसकेको हो, त्यसको पुष्ट्याइँ र कार्य सम्पन्न गर्न लाग्ने अवधि खुलाई संशोधित कार्यतालिका तथा म्याद थपका कारण थप आर्थिक दाबी नगर्ने प्रतिबद्धतासहित म्याद थप गर्न सक्ने व्यवस्था गरेको छ।
नेपाल सरकार, मन्त्रिपरिषद् वा सार्वजनिक निकायबाट जुनसुकै कारणले खरिद सम्झौताको कार्यान्वयन स्थगन भएका, वार्षिक बजेट तथा कार्यक्रममा बजेट विनियोजन हुन छुट भएका, बजेट अपुग भई समयमा भुक्तानी हुन नसकेका आयोजनाले ३० दिनभित्र म्याद थपको निवेदन दिन सक्नेछन्।
म्याद थपका लागि सरकारी निकायमा आएको निवेदन ३० दिनभित्र स्वीकृत गरिसक्नुपर्नेछ।







प्रतिक्रिया दिनुहोस्