ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यानडा चुनाव अपडेट: मार्क कार्नीको लिबरल पार्टीले बहुमत ल्याउने सम्भावना


एबीसी न्यूज
बैशाख १६, २०८२ मंगलबार  १२ : १४ बजे

काठमाडौं १६ बैशाख । क्यानडाको सार्वजनिक प्रसारक सीबीसी न्युज क्यानेडियन ब्रोडकास्टिङ कर्पोरेसन का अनुसार देशको आम चुनावमा लिबरल पार्टीले बहुमत ल्याउने सम्भावना छ।

तर सीबीसी न्युजले ३४३ सदस्यीय संसद्‌मा पार्टीले पूर्ण बहुमत पाउने कि नपर्ने भन्ने स्पष्ट नभएको पनि बताएको छ।

लिबरल पार्टीको मुख्यालयमा समर्थकमा निकै उत्साह छ।

‘यो क्यानाडाको इतिहासमा सबैभन्दा ठूलो पुनरागमन हो’, एक पार्टी समर्थकले प्रारम्भिक नतिजा घोषणापछि सीबीसीलाई भने, यो धेरै महत्त्वपूर्ण छ( क्यानाडालाई उनको आवश्यकता पर्दा कार्नी अगाडि आए।’

सीबीसीका अनुसार मार्क कार्नीको पार्टीले पूर्ण बहुमत नपाए पनि क्यानडामा सरकार बनाउन पर्याप्त सिट जित्न सक्छ।

क्यानडाको राजनीतिमा लिबरल पार्टी केही महिनादेखि धेरै दबाबमा छ। जस्टिन ट्रुडोले बीचमै राजीनामा दिनुपरेको थियो।

केही महिनाअघिसम्म करिब सकिएको भनिएको पार्टी अब चौथोपटक सत्तामा आउन सक्छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१औँ राज्य बारम्बार दबाबद दिएका कारण क्यानाडाका मतदाता एकजुट भएको अनुमान गरिएको छ।

क्यानडाको यो चुनावमा मुख्य २ पार्टी लिबरल पार्टी र कन्जरभेटिभ पार्टीका साथै ब्लक क्वेबेकोइस, एनडीपी ९न्यु डेमोक्र्याट पार्टी० र ग्रिन पार्टी प्रतिस्पर्धामा छन्।

प्रधानमन्त्री पदका उम्मेदवारहरूमा लिबरल पार्टीका मार्क कार्नी, कन्जरभेटिभ पार्टीका पियरे पोइलिभ्रे, ब्लक क्वेबेकोइस पार्टीका ब्लान्चेट र एनडीपी पार्टीका नेता जगमित सिंह छन्।

यसअघिको संसद्‌मा लिबरल पार्टी १ सय ५३ सिटसहित सबैभन्दा ठूलो पार्टी थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले देशको गरिमा राखेनन ः नेकपा सांसद, महर भिडियो

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

सम्बन्धित

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

पहिलो वर्षमै दबाबमा बालेन सरकार : महँगी, रोजगारी र सुशासन

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

राप्रपा प्रवक्ता श्रेष्ठ भन्छन्–धनी बन्न पाइन्छ, तर आय र कर तिरेको विवरण पनि सार्वजनिक होस्

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com