ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनएका संस्थापक अध्यक्ष महतोको वक्तव्य: मेमा हुने महाधिवेशनमा सहभागी हुन्नँ


एबीसी न्यूज

काठमाडौं १६ बैशाख । गैरआवासीय नेपाली संघ एनआरएनए का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मे महिनामा हुने भनिएको एकताको महाधिवेशन हुन नसक्ने ठहर गर्दै त्यसमा आफ्नो कुनै संलग्नता र सहभागिता नरहने बताएका छन्।

यसअघि संस्थाको विधानअनुसार अगस्ट पहिलो हप्ता एकताको महाधिवेशन गर्ने तय भएकामा केही व्यक्तिको हठ र गलत बुझाइका कारण त्यो सम्भव हुन नसकेको गुनासो उनले गरेका छन्।

‘संस्थाको विधानअनुसार आगामी जुलाईमा सबै राष्ट्रिय समन्वय परिषद्को अधिवेशन सम्पन्न गरी त्यसबाट आएका प्रतिनिधिहरूद्वारा सन् २०२५ को अगस्टको पहिलो हप्तामा औपचारिक, वैधानिक र वास्तविक एकताको महाधिवेशन गरौँ। वैधानिक र कानुनी हिसाबले त्यो सम्भव थियो। र, विद्यमान जटिल परिस्थितिको निकासका लागि उक्त प्रस्ताव जरुरी थियो। यो सम्मानित सर्वोच्च अदालतको निर्णयको मर्मअनुरूप वास्तविक एकताको महाधिवेशनको सम्भावना हुँदाहुँदै पनि केही व्यक्तिको हठ र गलत बुझाइका कारण त्यो सम्भव हुन सकेन’, संस्थापक अध्यक्ष महतोले विज्ञप्तिमार्फत भनेका छन्, गैरआवासीय नेपाली संघ संस्था मात्र होइन, अभियान पनि हो। यसर्थ यस अभियानलाई विचलित पार्ने गरी मे महिनामा हुने भनिएको अधिवेशन एकताको महाधिवेशन हुन नसक्ने भएकाले त्यस महाधिवेशनमा मेरो कुनै पनि संलग्नता र सहभागिता नरहने स्पष्ट पार्दछु।’

साथै उनले गैरआवासीय नेपाली अभियानलाई चीरस्थायी बनाउन अनावश्यक हठ त्यागेर मेलमिलापको वातावरण बनाउन सम्बन्धित सबैमा अनुरोधसमेत गरेका छन्।

यस क्रममा महतोले ुव्यक्तिगत सफलताको जतिसुकै उचाइँमा पुगे पनि यदि देश सम्पन्न छैन भने व्यक्तिगत सफलताको कुनै अर्थ हुँदैनु भन्ने उद्देश्यले विदेशमा सिकेका ज्ञान, सीप, पुँजी र प्रविधिलाई मातृभूमि नेपालको विकासका लागि सदुपयोग गर्दै समृद्ध नेपाल बनाउने सपनासाथ २२ वर्ष पहिले गैरआवासीय नेपाली अभियान सुरु गरिएको स्मरण गर्दै ुनेपालीका लागि नेपालीु भन्ने मर्मका साथ हजारौँ साथीको मेहनत र पसिनाले उक्त संस्था छोटो समयमै संसारभर छरिएर रहेका गैरआवासीय नेपालीलाई एकबद्ध गर्दै मातृभूमि नेपालप्रति केही गर्नुपर्छ भन्ने जागरण फैलाउन सफल भएको तर पछिल्लो समय यसको मूल मर्ममै प्रहार भइरहेको महसुस भएको पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com