ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदै


एबीसी न्यूज
बैशाख ३१, २०८३ बिहीबार  ८ : १४ बजे

काठमाडौं, ३१ वैशाख । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चीन फिङबीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदैछ। बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा हुने भेटलाई विश्व राजनीति र अर्थतन्त्रको नयाँ मोडका रूपमा हेरिएको छ।ट्रम्प आफ्नो दोस्रो कार्यकालमा पहिलोपटक बेइजिङ पुगेका हुन्। यसअघि सन् २०१७ नोभेम्बरमा उनी चीन भ्रमणमा गएका थिए।

यो भेट तनावपूर्ण भू–राजनीतिक पृष्ठभूमि र विश्वव्यापी व्यापारिक खिचातानीका बीच हुन लागेको हो। ट्रम्पको दोस्रो कार्यकाल सुरु भएसँगै चिनियाँ सामग्रीमाथिको भन्सार वृद्धिले दुई देशबीचको व्यापारिक सम्बन्धमा असर पारेको छ। यस भेटमा व्यापारिक सम्बन्धलाई पुनः मजबुत बनाउन व्यापारिक ढाँचा (बोर्ड अफ ट्रेड) को प्रस्ताव गर्ने अमेरिकाको तयारी छ। सन् २०२५ अक्टोबरमा दक्षिण कोरियाको बुसानमा भएको भेटमा भन्सार शुल्क ५७ बाट ४७ प्रतिशतमा झारिएको थियो, जसलाई ट्रम्पले ‘सफल वार्ता’ को संज्ञा दिएका थिए।

भेटमा ताइवानको मुद्दाले प्राथमिकता पाउने देखिएको छ। चीनतर्फ प्रस्थान गर्नुअघि ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै सीले ताइवानको मुद्दा जोडतोडले उठाउनसक्ने संकेत गरेका थिए। यस्तै, जारी इरान युद्ध र त्यसले ऊर्जा बजारमा पारेको प्रभावबारे पनि दुई नेताबीच छलफल हुनेछ। चीनले इरानमाथि भएको आक्रमणको निन्दा गर्दै आएको छ भने अमेरिका युद्धमा प्रत्यक्ष संलग्न छ।ट्रम्पको भ्रमण टोलीमा १६ वटा प्रतिष्ठित अमेरिकी कम्पनीका सिइओहरू सहभागी छन्। जसमा टेस्लाका एलन मस्क, एप्पलका टिम कुक र ब्ल्याक रकका ल्यारी फिन्कसहित प्रविधि र बैंकिङ क्षेत्रका दिग्गजहरू रहेका छन्।

अमेरिकाले चीनसँग दुर्लभ खनिज धातुमा आफ्नो पहुँच कायम राख्न चाहेको छ, जसमा चीनको विश्वव्यापी एकाधिकारजस्तै छ।चीनले ५०० वटा बोइङ विमान खरिद गर्नसक्ने र अमेरिकी कृषि उत्पादनको आयात बढाउनसक्ने अनुमान गरिएको छ। जवाफमा चीनले उच्च प्रविधि र एआई क्षेत्रमा अमेरिकाले लगाएको प्रतिबन्ध खुकुलो पार्न प्रस्ताव गर्नेछ। साथै, चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीलाई अमेरिकी बजारमा पहुँच दिने विषयमा पनि कुराकानी हुने अपेक्षा गरिएको छ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले समानता र आपसी सम्मानका आधारमा अमेरिकासँग सहकार्य गर्न चीन तयार रहेको बताएका छन्। सन् २०२६ को पहिलो दुई महिनामा चीनको निर्यात २१।८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले चीनले बाँकी विश्वमा आफ्नो बजार फैलाइरहेको स्पष्ट हुन्छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिबीच आज बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदै

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

सम्बन्धित

संसद् छल्दै प्रधानमन्त्री वालेन्द्र, बढ्दो आलोचना र जवाफदेहितामाथि प्रश्न

आज संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले जवाफ दिने कार्यसूची

काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वी भेगका केही ठाउँमा वर्षा

र्‍यापमा विद्रोह, सत्तामा मौनता: ‘छद्म-विद्रोही’ छवि र संसदीय स्वेच्छाचारिता

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

रातो कार्पेट, ३०० बालबालिका : बेइजिङमा ट्रम्पको भव्य स्वागत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com