काठमाडौं ११ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। मोदीले आइतबार साँझ ट्विट गर्दै प्रचण्डलाई शुभकामना दिएका हुन्। ‘नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा न्यानो बधाई छ। भारत र नेपालबीचको मौलिक सम्बन्ध सघन सांस्कृतिक सम्पर्क र जनस्तरको न्यानो सम्बन्धमा आधारित ...