ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्व अनुमानित तर फेरिएको दृश्यः सांसदको सपथ ग्रहण समारोहको भलाकुसारीदेखि वालकोटको बैठकसम्म (फोटो फिचर समेत)


एबीसी / संवाददाता
१० पुस २०७९, आइतबार   २ : ४३   बजे

 

काठमाडौं १० पुस। गत हप्ता नवनिर्वाचित सांसदहरुमध्ये जेष्ठ सदस्य पुशपति शमशेर राणालाई राष्ट्रपतिबाट सपथ ग्रहण समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको भलाकुसारी र एकैठाउंको बसाई धेरैले आश्चार्य नमानेको तर राजनीतिक कोर्स बदल्न पर्याप्त संकेत थियो ।


त्यसको अफलअप संसद भवन नयां बानेश्वरको चियापान समारोहमा गज्जवैले देखिएको थियो । त्यो पनि कांग्रेसीहरुले केवल संयोग ठाने । उनीहरुले ओली र प्रचण्ड मिल्ने कुरा कल्पना समेत गर्न सकेनन् । त्यतिमात्र होइन देउवालाई ढाडस दिइरहेका शक्ति केन्द्रहरुले पनि पत्याएनन् । प्रचण्ड र ओलीले एकअर्काप्रति दबाव बढाउन गरेको गेष्चर मात्र सझे । वास्तविकता भने निर्वाचन परिणाम लगत्तैबाट शुरु भएको लगातार सर्वजनिक भएको थियो ।


त्यसको औपचारिक साइत आज मात्र जुरेको हो । यो ओली र प्रचण्डको योजना अनुसारै थियो ।
प्रचण्डले कांग्रेस र उसका हितैषीहरुले दिएको समयसीमा सम्म देउवालाई पर्खे । अन्तिममा देउवाको सरकारी निवासमा देउवालाई धोकेवाज बताएर प्रचण्ड बालकोट पुगे । देउवाले पूर्व सहमति पालना नगरेको कांग्रेस नेता रामचन्द्र पौडेलले समेत बताएका छन् ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राईलगायतका नेताहरुबीच छलफल सुरु भएको हो ।

केही बेर अघि राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देन एमाले अध्यक्षसँग वार्ता गरेर निस्किएका छन् । सत्ता गठबन्धन टुटेको कांग्रेसले घोषणा गरेपिछि प्रचण्ड वाम नेतृत्वको गठबन्धन बनाउन एमाले अध्यक्षसंग वार्ता गर्न बालकोट पुगेका हुन् ।
५ दलीय सत्ता गठबन्धनमा रहेको अर्को वामपन्थी दल एकीकृत समाजवादी भने वाम गठबन्धनको बैठकमा सहभागी छैन। माधव नेपालले देउवालाई नै सघाउने बचन दिएको नेपाल निकट एक नेताले बताएका छन् ।
नयां सरकार गठनका लागि १३८ सांसद को समर्थन आवश्यक पर्दछ ।यी चार दलमा एमालेसँग ७८, माओवादी केन्द्रसँग ३२, रास्वपासँग २० र जसपासँग १२ जना सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा सरकार गठनका लागि १३८ भन्दा बढी १४२ हुन आउंछ ।

बालकोटका केही दृश्यहरु

सम्वन्धित समाचार

ओली–प्रचण्डबीच राष्ट्रपति कार्यालयमा भलाकुसारी संयोग कि योजनावद्ध ? जनार्दनमार्फत देउवालाई प्रचण्डको बटमलाइन पठाइयो (फोटो फिचर)

बालकोटमा तीन दल बैठक सुरु, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि पुगे

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

सम्बन्धित

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

अर्जेन्टिनाको पोजेसन खेल र अस्ट्रियाको काउन्टर अट्याक आमनेसामने

नेपाल फेरि पनि एफएटीएफको ग्रे लिस्टबाट बाहिर निस्किन असफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group