ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली–प्रचण्डबीच राष्ट्रपति कार्यालयमा भलाकुसारी संयोग कि योजनावद्ध ? जनार्दनमार्फत देउवालाई प्रचण्डको बटमलाइन पठाइयो (फोटो फिचर)


एबीसी / संवाददाता
पुस ६, २०७९ बुधबार   ४ : १०   बजे

 

काठमाडौं ६ पुस । नवनिर्वाचित सांसदहरुलाई सपथ ग्रहण गराउने प्रयोजनका लागि प्रतिनिधिसभामा विजयी सबैभन्दा ज्येष्ठ सांसद पशुपति शमशेर जबरालाई राष्ट्रपतिले शपथ गराइन । सोही समारोहको अवसर पारेर एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड संगै बस्न्ेगरी एमालेका दोस्रो तहका नेताहरुले व्यवस्था मिलाएका थिए । यसो गुर्नको मुख्य कारण २०७७ पुस ५ पछि तित्त अवस्थामा रहेको दुई नेताबीचको प्रत्यक्ष सम्वाद र सम्वन्ध बढाउनका लागि । यसो गर्नुको कारण हो १० गते भित्र दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयां सरकार गठन गर्नु पर्नेछ । गठबन्धन सरकार बनाउनका लागि एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरी शक्ति बांडफांडको गृहकार्यमा एमाले र माओवादीका दोस्रो तहका बरिष्ठ नेताहरु लागिरहेका छन् । त्यही कामलाई भावनात्मक रुप दिन आज दुई नेताबीच भेट गराइएको वार्तामा संलग्न एमाले नेताले एबीसीलाई बताए ।

२०७७ मा तत्कालीन नेकपा खारेज भएदेखि संवादहीन अवस्थामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच राष्ट्रपति कार्यालय शीतल निवासको समारोहमा संगैमात्र बसेनन् त्यहांको झण्डै ३० मिनेटजति समय दुई जना लगातार भलाकुसारी गरिरहे । उनीहरुको पछाडिको लहरमा बसेका अन्य नेताहरुले भने दुई नेताबीचको भलाकुसारी सुन्न सकेनन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जबरालाई पद तथा गोपनीयताको शपथ खुवाउने क्रममा ओली, प्रचण्ड र अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई समेत योजनावद्ध रुपमा संगै राखिएको थियो । ०७७ पुस ५ पछि ओली र प्रचण्डबीच आक्कलझुक्कल भेट भएपनि ओली र खनालबीच भेट भएको यो ने पहिलो पटक हो ।
एमालेबाट छुट्टिएका खनालसँग पनि ओलीले सोही अवसरमा सन्चो विसन्चो सोधपुछ गरेका थिए ।

भावी सरकार शक्ति बांडफांटका लागि एमाले अध्यक्ष ओलीले आफूले राष्ट्रपति पद लिएर प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरिसकेकका छन् ।

मंसिर ४ को निर्वाचनमा गोरखाबाट विजयी प्रचण्डलाई ओलीले झापाबाटै फोन गरेर बधाई दिएका थिए।त्यसपछि लगातार जसो दुई नेताबीच फोना सम्वाद भइरहे पनि प्रत्यक्ष भेटवार्ता भएको थिएन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी १० गतेसम्मको समय दिएर दलहरुलाई नयाँ सरकारका सिफारिश गर्न दिएको समय सिमाभित्र एमाले र माओवादी बीच गठबन्धन गराउन समेत अप्रत्यक्ष पहल गरिरहेकी छन् ।
बुधबार मात्रै नेकाको संसदीय दलको चुनावबाट शेरबहादुर देउवा दल नेता चुनिएका छन् । कांग्रेसभित्र को शक्ति सन्तुलनमा शेखर गगन समूह निकै कमजोर देखिएको छ ।
स्रोतका अनुसार दल नेता निर्वाचित भएकोमा बधाई दिने बहानामा प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मालाई छिटो निर्णय लिएर प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नु पर्ने सिधा प्रस्ताव पठाएका छन्। कांग्रेसको तर्फबाट विहीबार बेलुकासम्म प्रचण्ड प्रधानमन्त्री हुने गरी शक्ति बांडफांटको प्रस्ताव नआएमा वाम गठबन्धन बन्ने स्रोतको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

अधिवेशनकै दिन रास्वपा धनुषाका सभापति यादव निलम्बित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group