ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए माओवादी प्रतिपक्षमा बस्ने निर्णय


एबीसी / संवाददाता

 

 

काठमाडौं १० पुस : प्रधानमन्त्री र राष्ट्रपति दुवै कांग्रेसले लिए नेकपा माओवादी केन्द्र प्रतिपक्षमा बस्ने भएको भएको छ ।आइतबार बिहान खुमलटारमा बसेको पदाधिकारी बैठकले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले लिएमा प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधामन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चुनाव लगतै प्रचण्डलाई प्रधानमन्त्री बनाउने समझदारी भएको थियो । तर, अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबै कांग्रेस बन्न खोजे सरकारमै सहभागी नहुने एक पदाधिकारीले बताए ।

‘हामीले गठबन्धनको इमान्दारिताका साथ पालना गरेका छौं । चुनाव लगतै प्रचण्ड कमरेडलाई प्रधामन्त्री बनाउने भद्र सहमति भयो । त्यसैले पहिलो चरणको प्रधानमन्त्री आधा कार्यकालको पहिलो चरण माग गरेका हौं’ ति पदाधिकारीले भने, ‘अहिले कांग्रेस नेताहरु राष्ट्रपति र प्रधानमन्त्री मेरै हुनुपर्छ भन्छन् । त्यसरी समझदारी गरेर जान सकिँदैन । बरु प्रतिपक्षमा बसेर पार्टी र संगठन बनाउनुपर्छ भन्ने सुझाव दिएका छौं ।’

प्रधानमन्त्री देउवाकै कारण गठबन्धन टुट्ने अवस्थामा पुगेको ति पदाधिकारीले बताए । अब गठबन्धन रहने वा नरहने देउवाकै हातमा भएको माओवादी नेताहरुले बताएका छन् ।

माओवादी पदाधिकारी बैठक लगत्तै अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका छन् ।
नयाँ सरकार गठबनका लागि आआफ्ना दावीबाट नेका र माओवादी पछि नहटेको बेला बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वान टु वान वार्ता भएको छ ।
गठबन्धनको निर्णायक बैठकअघि देउवा–दाहाल वान टु वान वार्तामा बसेका हुन् । नयाँ सरकारमा पहिलो चरणमै को प्रधानमन्त्री बन्ने भन्नेमा देउवा–दाहलबीच सहमति जुटिसकेको छैन ।
दुई जनाबीच कुनै चमत्कारिक प्रस्ताव नआएमा नेका–माओवादी सहितको ५ दलीय गठबन्धन टुट्ने र पुनः वाम नेतृत्वका नयां गठबन्धन बन्ने तयारी भएको बताइएको छ । विभिन्न शक्ति केन्द्रहरुले देउवा र प्रचण्डमाथि सत्तारुढ गठबन्धन जोगाउन भन्दै अमूर्त दबाव दिंदै आएका छन् ।

सम्वन्धित समाचार

देउवा अल्मतको प्रधानमन्त्री बन्ने निर्णयमा : प्रचण्डका अघि देउवासमक्ष लत्रने कि चुनौति दिने विकल्प मात्र

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com