ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा अल्मतको प्रधानमन्त्री बन्ने निर्णयमा : प्रचण्डका अघि देउवासमक्ष लत्रने कि चुनौति दिने विकल्प मात्र


एबीसी / संवाददाता

काठमाडौ पुस १० । गठबन्धन सरकार बनाउने अन्तिम दिनमा आइपुग्दा पनि कांग्रेस सभापति पूर्व वचनवद्धताबाट पछि हट्दै जस।ी पनि प्रधानमन्त्री बन्ने निश्कर्षमा पुगेका छन् । देउवाले सत्ता गठबन्धनको छलफलको शुरुदेखि नै माओवादीले समर्थन नगरे अल्पमतको प्रधानमन्त्री बन्ने र एकमहिनाभित्र बांकी साना दलको समर्थन लिने योजनामा थिए । त्यही योजना आइतबार विहान उनको सरकारी निवासमा भएको कांग्रेस पदाधिकारीको बैठकमा जानकारी गरएका हुन् ।

हिजो शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकरात्मक नभएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नेता विमलेन्द्र निधिलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट्नका लागि बालकोट पठाएका थिए । निधि देउवाको दूत बनेर ओलीसंग अल्पमतको सरकार बनाउंदा सघाउन अनुरोध गरेको बुझिएको छ ।
देउवाबाले यस बीचमा राप्रपा, रास्वपा र माधव नेपाललाई आफ्नो पक्षमा पारिकेको विश्वास कांग्रेस पदाधिकारीहलाई दिलाएका छन् । देउवालाई जसरी पनि प्रधानमन्त्री बनाउनु पर्ने रणनीतिक रोडम्यापमा देउवा पत्नी आरजू राणा र देउवा–आरजु र जनादर्न शर्माका साझा विचौलियाले अन्तिम जोडबल गरिरहेका छन् ।
देउवालाई दक्षिणी छिमेकीको तर्फबाट प्रचण्डलाई प्रधानमन्त्री बनाउन भन्दै अन्तिम क्षणमा निर्देशन आउने हो कि भन्ने दुविधा शनिवार राती देखि समाप्त भएको छ । पश्चिमा शक्ति केन्द्र त शुरु देखिन नै देउवालाई कुनै पनि हालतमा प्रधानमन्त्री नछोड्न दबाव दिंदै आएको थियो ।
माओवादी स्रोतका अुनसार जनार्दन शर्माको आरजु राणासंगको आर्थिक सम्वन्धका कारण सत्ता गठबन्धनका सन्दर्भमा उनी मौन र केवल प्रचण्डको म्यासेन्जरका रुपमा मात्र उभिएका छन् । शर्माको नतमस्तक अवस्था देखेर प्रचण्डले वर्षमान पुनलाई सत्ता गठबन्धनको रणनीति बनाउन सक्रिय बनाएका हुन् एक पदाधिकारीले भने ।
बालुवाटरमा प्रचण्डले देउवासंग कुरा गरेपछि उनले माधव नेपालसंग पनि कुरा गरेर देउवाकै कुरामा अलमलिने वा वामपन्थी गठबन्धन बनाउने भन्ने निर्णय गर्ने अधिकार (म्याण्डेट) लिएर बालुवाटार पुगेका छन् ।
एमालेअध्यक्ष केपी शर्मा ओली प्रचण्डको निर्णय कुरेर बसेका छन् । प्रचण्डले निर्णय गर्ने वित्तिकै सत सहकार्यका लागि थप समय माग्ने कि आजै प्रचण्डलाई प्रधानमन्त्रीमा प्रसस्ताव गर्ने भन्ने योजना ओलीले बनाइरहेको एमालेका ओली निकट एक पदाधिकारीले बताए ।

सम्वन्धित समाचार

सरकारका लागी प्रचण्डको ‘दोमन’ र कांग्रेसको ‘बेइमान’ ट्रेडमार्क (भिडियोसहित)

शनिबार दिनभर गठबन्धनको गन्जागोल दौड, रातभर मन्त्रणा, आज विहानैदेखि फेरि बालुवाटार, बालकोट र खुमलटार सक्रिय

देउवाको दाउः अल्पमतको प्रधानमन्त्री, विश्वासको मत लिएर दुई वर्ष प्रधानमन्त्री हुने, सांसदको डाँक बढाबढ शुरु

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com