ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवाको दाउः अल्पमतको प्रधानमन्त्री, विश्वासको मत लिएर दुई वर्ष प्रधानमन्त्री हुने, सांसदको डाँक बढाबढ शुरु


एबीसी / संवाददाता

काठमाडौं ९ पुस । बर्तमान सत्तारुढ गठबन्धन नयाँ सरकार गठन गर्ने सहमति जुटाउन असफल भएसँगै गठबन्धन पनि भंग भएको छ ।
चुनाव अघि नेका सभापति शेरबहादुर देउवाले चुनावपछिको पहिलो कार्यकालको प्रधानमन्त्री माओवादी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गर्न तयार नभएपछि सत्ता गठबन्धन भंग हुन पुगेको हो । स्रोतका अनुसार केवल औपचारिक ताका लागि अपरान्ह सत्ता गठबन्धनको अन्तिम बैठक बस्नेछ ।
राष्ट्रपतिले गठबन्धन सरकार बनाउन दिएको समय सीमा सकिने बेलासम्म पटक पटक भएको देउवा र प्रचण्डबीचको छलफलमा कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री छाड्न नसक्ने प्रधानमन्त्र शेरबहादुर देउवाले अडान लिएपछि गठबन्धन धरापमा परेको हो । शुक्रबार राती भएको साढे दुई घण्टा लामो छलफलमा देउवा र प्रचण्डबीचको वार्तामा देउवाले कुनै हालतमा पनि प्रधानमन्त्री र राष्ट्रपति छाड्न नसक्ने बताएपछि सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको हो ।
कांग्रेस स्रोतका अनुसार देउवाले आफ्ना र आफूसंँग मिल्न तयार हुने सांसदहरुको हस्ताक्षर शुरु गरेका छन् । देउवाको योजना आइतबार बेलुका ५ बजेसम्मको समय घर्काएर संविधानको धारा ७६ को उपधारा ३ अनुसारको अल्मतको प्रधानमन्त्री नियुक्त हुने रहेको छ । त्यसरी नियुक्त भएको एक महिनाका बीचमा राप्रपा, रास्वापा, सिके राउत र माधव नेपालको समर्थन जुटाएर विश्वासका मत लिने देउवाको रोडम्याप रहेको छ । त्यो बीचमा ०५२ देखि ०५५ को कालखण्डमा जस्तै देउवाले सांसद किनबेच, बैंकक शयर र व्लु फिल्मको मनोरञ्जन जस्ता अनेकन जे जस्ता हुर्नत गरेका थिए, त्यसै गरेर यसपटक पनि बहुमत पुर्याउने योजना बनाएका छन् । देउवा निकट नेताहरुको अनुसार पछिल्लो ३ दिनदेखि देउवाले गैरबामपन्थी सरकार बनाउने योजना बनाएका छन् । आइतबार ५ बजेसम्म माओवादीलाई एंग्गेज गरिरहने, त्यसपछि आफ्नो योजनामा अघि बढ्ने देउवाको रणनीति छ । त्यसो गर्दा माओवादी पनि सत्ता बाहिर बस्न नसक्ने हुँदा आफैलाई समर्थन गर्ने विश्वास समेत देउवाले आफू निकटस्थहरुलाई सुनाइरहेका छन् । आफ्नो गुटका सांसदलाई आश्वस्त पार्ने जिम्मेवारी देउवापत्नी आरजु राणाले लिएको राणा निकट समानुपातिकका महिला सांसदहरुले बताए ।
देउवाले यतिबेला आफू प्रधानमन्त्री बन्नका लागि जे पनि गर्न तयार हुने देखिएको कांग्रेसका सांसदहरुले बताइरहेका छन् । देउवा निकट एक प्रभावशाली सांसदका अनुसार प्रधानमन्त्री नवन्ने भए संसदीय दलको निर्वाचनमा १६ जना सांसदलाई किन किन्नु पथ्र्यो भन्दै आफ्नै नेताहरुसँग देउवा झर्कने गरेका छन् । एबीसीको सम्पर्कमा आएका ती सांसदका अनुसार देउवालाई उनको समूहबाट सम्झाउने हिम्मत कसैले गर्दैन, कोइराला समूहले तमासा हेरेर बसेको छ, नाम नवताउने शर्तमा ती सांसदले बताए।
देउवाको नेतृत्वमा अल्पमतको सरकार बन्ने कुराले साना दलका र स्वतन्त्र सांसद खुशी हुन थालेका छन् । अल्पमतको सरकार बन्ने भएपछि विश्वासको मत दिनका लागि साना दलका सांसदहरुले आफ्नो वास्तविक भाउ पाउने आशा मा रहेका छन् ।
बालुवाटार स्रोतका अनुसार कुनै चमत्कार भएमा बाहेक सत्तारुढ गठबन्धन भत्केको छ भने देउवाको सारथीका रुपमा माधव नेपालसमूह र महन्थ ठाकुरको समूह मात्र खडा भएको छ । सत्ता गठबन्धनबाट माओवादी अलग भएको अवस्थामा सिके राउतको समूह र नागरिक उन्मुक्ति पार्टी पनि वाम गठबन्धनको सरकार बन्ने भएमा उही गठबन्धन सामेल हुने बताइएको छ ।
बैकल्पिक योजना बनाइरहेको एमालेले भने माओवादीले सत्तारुढ गठबन्धन छाड्ने वित्तिकै एमाले, माओवादी, जसपा, रास्वपा र राप्रपा समेतको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्री बनाएर राष्ट्रपति सहित ४ वटा प्रदेश सरकारको नेतृत्व गर्ने तयारीमा छ । एमालेका एक पदाधिकारीका अनुसार प्रचण्डजी माधव नेपालसहित आएपनि समस्या छैन, माधव नेपाल विना आएपनि समस्या छैन । जसपाको चाहना वाम गठबन्धनकै सरकार बने हुने थियो भन्ने रहेको छ । त्यसो हुँदा मधेश सरकारको नेतृत्व जसपाले पाउने उपेन्द्र यादवको हिसाब रहेको छ ।
माओवादी पार्टीभित्र प्रचण्ड बाहेकका सवै पदाधिकारी अब वाम गठबन्धनकै सरकार बनाउनु पर्ने भन्ने निचोडमा पुगेको एबीसीको सम्पर्कमा आएका ७जना पदाधिकारीले एउटै स्वरमा दावी गरेका छन् । । शुरु देखि नै बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुंगले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरिरहेका छन् । पछिल्लो समय चीनमा उपचार गराएर फर्किएका उपमहासचिव बर्षमान पुन समेत एमालेसँग मिल्नु पर्ने पक्षमा प्रचण्डलाई कन्भिन्स गर्न लागिरहेका छन् । उपमहासचिव रहेका नेताले बताए । शुरु देखि नै बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुंगले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com