काठमाडौं, १९ चैत । सर्वोच्च अदालतका न्यायाधीशका लागि न्याय परिषद्ले ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएको नाममा प्रकाश ढुंगाना, सुक्ष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् ।
सिफारिश पाँचै जनाले संसदीय सुनुवाइ समितिबाट सुनुवाइ भएपछि मात्रै उनीहरुले पद तथा गोपनियताको सपथ लिने छन्।
उच्च अदालतबाट दुई र कानुन व्यवसायीबाट तीन गरी पाँच जनाको नाम सिफारिस गरिएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना र न्यायाधीश सूक्ष्मलता माथेमा सिफारिसमा परेका छन् । यसअघि उच्च अदालतको मुख्य न्यायाधीशको रूपमा दाबेदार माथेमालाई तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले ‘अन्यायपूर्वक’ रोकेका थिए ।
अदालतबाट दुई न्यायाधीश नियुक्तिपछि बाँकी तीन पदमा प्रगतिशील खेमाबाट दुई र लोकतान्क्रिक खेमाबाट एक जना न्यायाधीशसिफारिस गरिएको छ । प्रगतिशीलको कोटाबाट अधिवक्ता हरि फुयाल सिफारिस भएका छन् । कानुन व्यवसायी मनोज रेग्मी पनि सिफारिसमा परेका छन् ।
यसैगरी परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा लोकतान्त्रिक समूहबाट कुमार रेग्मी सिफारिस गरेको छ । उनी नियुक्त भए एक / डेढ वर्षका लागि प्रधानन्यायाधीश हुनेछन् ।
प्रतिक्रिया दिनुहोस्