गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार पन्थीले नेकपा (एमाले) का उम्मेदवार गोकर्ण विष्टलाई ५६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। पन्थीले १६ हजार ९६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी विष्टले १६ हजार ४०६ मत पाए।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे। नेपाल कम्युनिस्ट पार्टीका श्रीराम महतले ३ हजार ८१ मत प्राप्त गरेका छन्।
गुल्मी–२ मा सुरुदेखि नै कडा प्रतिस्पर्धा देखिएको थियो। मतगणनाका विभिन्न चरणमा अग्रता परिवर्तन हुँदै गए पनि अन्तिम चरणमा पन्थीले अग्रता कायम राख्दै विजय सुनिश्चित गरेका हुन्।








प्रतिक्रिया दिनुहोस्