डोटी । डोटीमा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित भएका छन्।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम मतपरिणाम अनुसार खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै जीत हासिल गरेका निर्वाचन आयोगले जनाएको छ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार दीपकबहादुर धामीले १४ हजार ११० मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार नरेन्द्रबहादुर खड्काले १३ हजार २७० मत प्राप्त गरेका छन्।








प्रतिक्रिया दिनुहोस्