रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. लेखजंग थापा ५० हजारभन्दा बढी मतान्तरसहित निर्वाचित भएका छन्।
निर्वाचन आयोगका अनुसार डा. थापाले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गुरुङलाई भारी मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन्।
डा. थापाले ५८ हजार ८१४ मत प्राप्त गरे भने कांग्रेसका गुरुङले ८ हजार ४३५ मत पाए। त्यस्तै नेकपा (एमाले) का वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का गौरव बोहराले ७ हजार ७८९ मत पाएका छन्।
हालसम्म सार्वजनिक मतपरिणाममध्ये यो सबैभन्दा फराकिलो मतान्तर भएको बताइएको छ।








प्रतिक्रिया दिनुहोस्