कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली विजयी भएकी छन्। उनले १७ हजार ८२६ मत प्राप्त गर्दै जीत हासिल गरेकी हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गरे। यस्तै, टिकापुर नगरपालिकाको नगरप्रमुख पदबाट राजीनामा दिएर उम्मेदवारी दिएका नेपाल कम्युनिस्ट पार्टीका रामलाल डगोरा थारूले ८ हजार ३९२ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरे।
त्यसैगरी नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपानेले ४ हजार ४९३ मत प्राप्त गरे। स्वतन्त्र उम्मेदवार फागुराम थारूले ३ हजार ३८८ मत पाए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका लोकेन्द्र कुँवरले २ हजार ९३७ मत प्राप्त गरे।








प्रतिक्रिया दिनुहोस्