ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जन विजयी


एबीसी न्यूज
फाल्गुन २३, २०८२ शनिबार  १ : १३ बजे

ललितपुर । ललितपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बुद्धरत्न महर्जन निर्वाचित भएका छन्।

नेपाली कांग्रेसका सहमहामन्त्री उदयशम्शेर राणालाई १० हजारभन्दा बढी मतान्तरले पराजित गर्दै महर्जन प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। महर्जनले २३ हजार ३७३ मत प्राप्त गरे भने राणाले १३ हजार ५२० मत पाए।

यसैगरी नेकपा (एमाले) का उम्मेदवार चेतनाथ सञ्जेलले ६ हजार ५४६ मत प्राप्त गरेका छन्।

महर्जन अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा रास्वपाबाट ललितपुर क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका थिए तर त्यसबेला एमालेसँग पराजित भएका थिए।

गत निर्वाचनमा भने यही क्षेत्रबाट नेपाली कांग्रेसका राणा निर्वाचित भएका थिए। उनी २०७० सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए भने २०७४ सालमा एमालेका नवराज सिलवालले राणालाई पराजित गर्दै सो क्षेत्रबाट जीत हासिल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै ललितपुर–१ बाट रास्वपाका बुद्धरत्न महर्जन विजयी

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित

सम्बन्धित

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित

रुपन्देही-३ मा ५० हजारभन्दा बढी मतान्तरसहित रास्वपाका डा. लेखजंग थापा विजयी

पर्सा–२ मा रास्वपाका सुशील साह कानु विजयी

गुल्मी–२ मा रास्वपाका गोविन्द पन्थी विजयी

एमालेका विष्णु पौडेललाई पराजित गर्दै रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी

कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com