ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई उल्टाउने षडयन्त्र भईरहेको छ : अध्यक्ष प्रचण्ड


admin

काठमाडौं,१७ चैत । पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीतिमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई उल्टाउने मनसायका साथ षडयन्त्र भईरहेको बताउनुभएको छ ।

राजधानीमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री दाहालले विकास र सम्मृद्धिको संंकल्पको अभियान विरुद्ध षडयन्त्र भएको दाबी गुर्नभएको हो । प्राप्त उपलब्धिलाई नोक्सान पुर्याउनका लागि विस्तुत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता, संविधान निर्माण गर्ने व्यक्ति वा त्यसको नेतृत्व लिने व्यक्ति माथि प्रहार गर्दा नै वर्तमान प्रक्रिया उल्टाउन सकिन्छ भन्ने सोच बोकेकाहरुको गलत प्रवृति मुलुकमा देखा परेको टिप्पणी उहाँले गर्नुभयो ।

त्यस्तो प्रवृत्तिलाई छुट दिने तथा समयमै जनमत द्धारा परास्त नगर्ने हो भने सम्मृद्धि र विकासको महाअभियानको संकल्प प्रभावित हुन सक्ने भन्दै उहाँले सबैलाई सचेत हुन आग्रह गर्नुभयो ।आफ्नो अमेरिका भ्रमणका क्रममा पनि त्यस्तै प्रवृत्ति देखा परेको टिप्पणी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “हामी शान्ति सम्झौताको समर्थन गर्छौ । राजनीतिक स्थायित्वको समर्थन गर्छौ । राजनीतिक समझदारी र राष्ट्रिय समझदारीको समर्थन गर्छौ भने एउटा नेपालीले यो प्रक्रियामा सहभागी नेतृत्वलाई अपराधीको रुपमा हत्याराका रुपमा दुनियाँको अगाडि, त्यो पनि विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सभ्झौतालाई आपराधिक सम्झौताको रुपमा त्यसको हस्ताक्षर कर्तालाई एउटा अपराधीको रुपमा अन्तराष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नु परो भन्नु कति तर्कसंगत छ ? यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ ? ”

अमेरिकामा बस्दै गर्दा वासिङटन डिसिस्थित नेपाली कांग्रेसको समितिले “प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ” भनेर निर्णय गरेको तर्फ उहाँले नेपाली कांग्रेसको ध्यानाकर्षण गराउनुभयो ।

राष्ट्रिय एकता र महत्व, नेपालले प्राप्त गरेको राजनीतिक स्थायित्व र विकासको महाअभियान कमजोर पार्ने गरि र वद्नाम पार्ने गरि या नेपालीका बीचमा कायम भएको एकता विथोल्ने प्रयास भईरहेको पनि उहाँले दाबी गर्नुभयो । निर्वाचनको समयमा तराई मधेस पहाड, हिमाल, सबैलाई एकजुट गर्न आफुले ठुलो मेहनेत गरेको भन्दै उहाँले एकताका लागि गरिएको प्रयास नै गलत थियो भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “के मैले शान्ति सम्झौता गर्नु अपराध थियो ? के संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा नेतृत्व लिनु अपराध थियो ? के तराई,मधेस, हिमाल, पहाड सबैलाई जोडेर निर्वाचनको महाअभियान तर्फ देशलाई लैजाने कुरा अपराध थियो ? या अहिले हामी स्थायित्व र सम्मृद्धिको कुरा गरेका छौ ।

ती कुराहरु गलत हुन् ? ” सम्मृद्धिको नया अभियान तर्फ मुलुकलाई लैजाने विषय कोही व्यक्ति विशेषको एक्लो प्रयास मात्रै नभएको भन्दै उहाँले निकै कठिनाईका साथ विचार, नेतृत्व, अभियान र जनताको सहयोगको विशिष्ट संयोजनबाट मात्रै दुईतिहाईको सरकार बन्ने अवस्था श्रृजना भएको बताउनुभयो । यस ऐतिहासिक उपलब्धिलाई नमिठो र तितो ढंगले आक्रमण गर्ने काम भएको भन्दै उहाँले दुख व्यक्त गर्नुभयो ।

असाध्यै जटिल र चुनौतिपुर्ण परिस्थितिबाट नेपालको इतिहासलाई नया मोड दिईसकेको र त्यसका लागि प्रमुख राजनीतिक दल, नेता लगायतको सहमति र सहयोग रहेको भन्दै उहाँले नया संकल्पका लागि एकतावद्ध हुन आव्हान गर्नुभयो ।

मुलुकबाट हटिसकेको राजसंस्था फर्काउनका लागि भईरहेका क्रियाकलापको कुनै अर्थ नरहेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो “कोही पनि निरंकुशतावादी शक्ति, कोही पनि इतिहासको मञ्चबाट मिल्काईएको शक्ति, सजिलै त्यसलाई आत्मसाथ गर्दैन र मौकापाए सम्म फेरी पुनस्थापित हुने कसरत गरिराख्छ । ”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com