ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!


एबीसी न्यूज
बैशाख ११, २०८३ शुक्रबार   ६ : ३५   बजे

काठमाडौँ, वैशाख ११ — युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित गतिविधिहरूमा पछिल्ला दिनमा सक्रिय रूपमा देखिएका सिद्धि व्यञ्जनकारको भूमिका र जिम्मेवारीबारे अन्योलता बढेको छ। औपचारिक नियुक्ति नभए पनि मन्त्रीको सचिवालयले उनलाई सल्लाहकारको रूपमा संलग्न गरिएको पुष्टि गरेको छ।

प्रधानमन्त्री बालेन शाहले गत चैत १३ गते सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका थिए। त्यसपछि चैत १७ गते मन्त्री पोखरेलले राष्ट्रिय खेलकुद परिषद (राखेप) को निरीक्षण भ्रमण गर्दा व्यञ्जनकार अग्रपंक्तिमा देखिएका थिए।

राखेप, जसले नेपाली खेलकुदका करिब ८० प्रतिशत काम सम्हाल्छ, त्यस्तो महत्वपूर्ण निकायमा व्यञ्जनकारको निरन्तर उपस्थितिले उनको औपचारिक हैसियतबारे प्रश्न उठाएको हो। मन्त्रीको सचिवालयका अनुसार उनी “कुनै सुविधा नलिने गरी” सल्लाहकारका रूपमा काम गरिरहेका छन्।

राखेपका सदस्य–सचिव रामचरित्र मेहताले पनि व्यञ्जनकार मन्त्रालयको जिम्मेवारीमा रहेको संकेत गर्दै उनी सल्लाहकारको रूपमा परिषदमा आउने र छलफल गर्ने गरेको बताए। “हामी कानुनी परिधिभित्र बसेर काम गर्छौं, हस्तक्षेप भने छैन,” उनले भने।

तर व्यञ्जनकार स्वयं भने सार्वजनिक रूपमा आफ्नो भूमिकाबारे बोल्न इच्छुक देखिएका छैनन्। बारम्बार सम्पर्क प्रयास गर्दा पनि उनले प्रतिक्रिया दिएका छैनन्।

स्रोतका अनुसार व्यञ्जनकार प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनका दाइ हुन्। उनी पूर्व खेलाडी तथा प्रशिक्षक समेत हुन्, जसले ए डिभिजन क्लब फ्रेन्ड्स क्लबको प्रशिक्षकका रूपमा काम गरिसकेका छन्।

खेलकुद क्षेत्रमा उनको सक्रियता एन्फा विवाद समाधानमा समेत देखिएको थियो। एन्फा निलम्बन प्रकरणपछि उनले मध्यस्थताको भूमिका खेलेको चर्चा छ।

यद्यपि, उनको नियुक्ति प्रक्रिया र भूमिकाको स्पष्ट परिभाषा नभएकाले पारदर्शिता र संस्थागत प्रक्रियामाथि प्रश्न उठ्न थालेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै पनि यस विषयमा असन्तुष्टि देखिएको छ। पार्टीको खेलकुद विभागका एक सदस्यका अनुसार मन्त्रीले समन्वयबिना निर्णय गरिरहेका छन्।

यस प्रकरणले सरकारभित्र गैरऔपचारिक प्रभाव, पहुँचको राजनीति र संस्थागत पारदर्शिताबारे नयाँ बहस जन्माएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group