काठमाडौंं ,१७ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई, पहाड र हिमालबीच एकता कायम राख्न धेरै काम गरेको बताउनुभएको छ ।
आइतवार राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले शान्ति प्रक्रियामा हस्ताक्षर गर्नु उचित भएको बताउनु भएको छ । आफुले शान्ति प्रक्रियामा हस्ताक्षर गरेर गल्ती नगरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “तराई, मधेश, पहाड र हिमाललाई एकताबद्ध गर्न मैले धेरै काम गरेको छु, “के शान्ति प्रक्रियाको शुरुवात गर्नु गलत थियो ? के देशमा सामन्ती व्यवस्था फ्याँकेर गणतन्त्र ल्याउनु गलत थियो ?”
अमेरिकामा आफुमाथि देखिएको आक्रमकताबारे बोल्दै उहाँले प्रतिक्रियावादले बेलाबेलामा टाउको उठाउने गरे पनि संघर्ष गरेर प्राप्त गरेको व्यवस्थालाई उल्ट्याउन नसक्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्