
काठमाडौं, १४ चैत । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरणमा अछामबाट ब्युरो (सीआईबी)ले शंकास्पद दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरू गत साउन १० गते घटना भएको बेला कञ्चनपुरमै रहेको र लगत्तै अछाम गएर बसेका बताइएको छ । केहीदिनअघि पक्राउ गरेर बयान लिएको सिआइबीको टोलीले उनीहरूको बयान शंकास्पद लागेपछि थप अनुसन्धानका लागि काठमाडौं ल्याउन लागेको जनाएको छ ।
। यो प्रकरणमा यसअघि पक्राउ परेकाहरु अभियोग प्रमाणित नभएपछि रिहा हुँदै आएका छन् । घटना भएको लामो समय भइसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । साउन १० गते होमवर्क गर्न साथीको घर गएकी निर्मला हराएकी थिइन् । भोलिपल्ट ११ गते उनको शव बलात्कार गरि हत्या गरेको अवस्थामा उखुबारीमा फेला परेको थियो ।



















प्रतिक्रिया दिनुहोस्