ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपाका प्रदेश ३ सदस्यको आज शपथ , प्रधानमन्त्री ओलीले शपथ गराउँदै


admin
चैत्र १४, २०७५ बिहीबार  १२ : २८ बजे

काठमाडौं,१४ चैत । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज प्रदेश ३ को कमिटीलाई शपथ खुवाउने भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश कमिटीका सदस्यहरूलाई शपथ खुवाउने कार्यक्रम छ । दुवै अध्यक्षको उपस्थितिमा कमिटीलाई शपथ खुवाउने कार्यक्रम तय भए पनि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने उपस्थित नहुने भएको छ ।

प्रचण्ड आज मात्र पत्नी सीता दाहालको उपचारपछि अमेरिकाबाट काठमाडौं फर्किदै हुनुहुन्छ ।नेकपा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ३ नम्बर प्रदेश कमिटीले बैशाख मसान्तभित्र जिल्ला तहभन्दा तलका सबै कमिटी एकीकरण गर्ने कार्य योजना तयार पारेको छ ।

आजबाट काठमाडौंमा शुरु बैठकले चार महिने कार्ययोजना पारित गरी गाउँ नेता कार्यकर्तालाई गाउँसम्म पठाउने प्रदेश कमिटी नेकपाले जनाएको छ । प्रदेश कमिटीको पहिलो बैठकमा कमिटीमा ११७ जना सदस्यलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

अर्का अध्यक्ष प्रचण्ड अमेरिकाबाट फर्किन ढिला हुने भएकाले ओली, महासचिव विष्णु पौडेल र सचिवलाय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादलले बैठकमा निर्देशन दिनुहुनेछ । बैठकमा चैत १५ देखि असार मसान्तसम्मको कार्ययोजना पेश गरिनेछ । यसक्रममा प्रदेश ३ का १३ वटै जिल्लामा भेला तथा प्रशिक्षण आयोजना हुने र स्थानीय तहका निर्वाचित पदाधिकारीलाई प्रशिक्षण दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारले सार्वजनिक गर्‍यो निजामती विधेयकको मस्यौदा: सरोकारवालासँग सुझाव माग (पूर्णपाठसहित)

राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ: सार्वजनिक खरिद प्रणाली ‘ह्याक’ गरेको आरोप

आफ्नै कम्पनी ‘स्पेसएक्स’ लाई एलन मस्कले कसरी ‘खुत्रुके’ बनाए? यस्तो छ अर्बपतिको भित्री खेल

प्रधानमन्त्री शाहको स्पष्टीकरण: ‘चुनावी वाचा बिर्सिएका छैनौँ, वास्तविक सुकुम्बासीले जग्गा पाउनेछन्’

कुमार बेनका दाइ खेलकुद मन्त्रालयका सल्लाहकार ! भूमिकामाथि प्रश्न !!

सुकुम्बासी बस्ती विवाद: कानुन, मानव अधिकार र विकास नीतिबीचको टकराव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com